समाचार

सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन

गोरखा, १३ जेठ २०८२ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समावेशी र सशक्त स्थानीय शासन निर्माणमा यस्तो संरचनाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। पुरा पढौ

कोटिहोममा भक्तजन र दानवीरहरूको उल्लेखनीय सहभागिता

पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको उत्तरार्धतिर जाँदा भक्तजन र दानवीरहरूको उपस्थिति उल्लेखनीय रूपमा बढ्दो छ। प्रवचन, भजन, हवन, वक्तृत्वकला प्रतियोगिता लगायतका आध्यात्मिक गतिविधिले कोटिहोमलाई धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रमा रूपान्तरण गरेको छ। देश–विदेशबाट आएका साधु–सन्त, महन्तहरूका सन्देशले श्रद्धालुहरूमा उत्साह थपेको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजको प्रेरणाले उनका गाउँ धुर्कोटका जनप्रतिनिधिहरूदेखि विद्यालयका प्रतिनिधिसम्मको सहभागिता देखिएको छ। बागलुङकी बढिगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापाले २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गर्दै दुई… पुरा पढौ

प्रेस युनियनको ३४औं स्थापना दिवसमा बागलुङमा फलफुल वितरण

बागलुङ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा बागलुङमा फलफुल वितरण गरिएको छ। धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै सोमबार फलफुल वितरण गरिएको हो। प्रेस युनियन बागलुङ शाखाले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्तीमगर, केन्द्रीय सदस्य प्रदीप पन्त, पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तलगायत पत्रकारहरू सहभागी थिए। कार्यक्रममा केन्द्रीय सदस्य पन्तले प्रेस युनियन श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि निरन्तर लागिपरेको बताए। “पत्रकारको पेशागत मर्यादा कायम गर्दै अधिकारको संरक्षणमा प्रेस युनियन क्रियाशील… पुरा पढौ

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा बजार अनुगमन

काठमाडौं जेठ १२ बजारमा ब्यापार ब्यवसाय गरेर पनि आफ्नो ब्यवसाय दर्ता नगरेपछि चन्द्रागिरि नगरपालिका ६ नम्बर वडा कार्यालय स्थानीय तहको ऐन नियमको परिधिभित्र रहेर बजारका ब्यवसाय दर्ता भए नभएको अनुगमन गर्न शुरू गरेको छ । ६ नम्बर वडा भित्र ब्यवसायी गरेर बसेका ब्यवसायीहरूलेसंचालन गरिरहेकाे ब्यवसाय संबंधित वडामा दर्ता भए नभएको करको दायरामा आए नआएको वडाका  जनप्रतिनिधि, कर्मचारी ,पत्रकार सहितको टाेलीले अनुगमन शुरू गरेको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ विहिबार देखि जनप्रतिनिधि… पुरा पढौ

‘मिरमिरे’मा दयाहाङ राई, निर्देशक यम शेर्पासँग दोस्रो पटक सहकार्य

काठमाडौं । अभिनेता दयाहाङ राई निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’ मा अनुबन्धित भएका छन्। निर्देशक शेर्पा र राईले यसअघि चलचित्र ‘कार्साङ’ मा सँगै काम गरेका थिए। ‘मिरमिरे’ यम शेर्पाको दोस्रो निर्देशन हो। उनले नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यो वर्षभित्र प्रदर्शन गर्ने घोषणा गरेका छन्। निर्देशक शेर्पाले भने, “हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई ‘मिरमिरे’मा अनुबन्ध गरेका छौँ। यो हाम्रो दोस्रो सहकार्य हो। स्टोरी पिच गर्दा दयाहाङले मन पराएपछि सहकार्य सम्भव भएको हो। हामी… पुरा पढौ

बागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने

सुवास आचार्य, बागलुङबागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रमहरूको आयोजना गरी मनाइने भएको छ। जिल्ला समन्वय समितिका संयोजक तथा गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक अमर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिको निर्णयअनुसार जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक गाड्ने, साँझ दीप प्रज्ज्वलन गर्ने, रक्तदान, बालबालिकालाई स्टेशनरी सामग्री वितरण, संवाद कार्यक्रम लगायतका गतिविधि गरिनेछ। जेठ १४ गते बिहान ७ बजे बागलुङ नगरपालिकाको संयोजनमा ऐतिहासिक पार्कबाट सुरु गरी बागलुङ बजार क्षेत्रका… पुरा पढौ

दोस्रो हप्तामै ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

काठमाडौं — दोस्रो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ ले उच्च अकुपेन्सी कायम राख्न सफल भएको छ। शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रले पहिलो साताको तुलनामा अझ राम्रो दर्शक साथ पाएको छ। शुक्रबार देशभरका अधिकांश सिनेमा हलहरूमा चलचित्रका शोहरू हाउसफुल भएका थिए। शनिबार पनि अग्रिम बुकिङ राम्रो रहेकाले धेरैजसो शो हाउसफुल भइरहेका वितरक करण श्रेष्ठले जानकारी दिए। “आज पनि अग्रिम बुकिङबाटै राम्रो अकुपेन्सी देखिएको छ। डोरसेलसहित धेरैजसो शो हाउसफुल छन्,” श्रेष्ठले बताए। चलचित्रले… पुरा पढौ

सुनितामी परियार र खेम सेञ्चुरीको ‘लाजको पर्दा’ सार्वजनिक

जेठको महिना, बर्खे झरीको सुरुवात, झमझम पानी परिरहेको बेला पनि कलाकारहरूका लागि संगीतको राग सधैं चलिरहन्छ। पछिल्लो पुस्तामा उदाउँदै गरेकी गायिका सुनितामी परियार नेपाली संगीतको आकासमा चम्किलो नाम बन्न सफल भएकी छन्। हरेक शैलीका गीतहरूमा न्यायपूर्वक प्रस्तुत हुने क्षमताकी धनी परियारको नयाँ लोक दोहोरी गीत ‘लाजको पर्दा’ हालै सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियोमा नेपाली चलचित्रका नायकदेखि सामाजिक सञ्जालमा भाइरल भएका बाल कलाकारहरूले अभिनयमार्फत डेब्यु गरेका छन्। भिडियो निकै आकर्षक ढंगले निर्माण गरिएको छ। गहिरो प्रेमभाव बोकेको यस गीतले मायालाई… पुरा पढौ

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण उपलब्धिमूलक

काठमाडौं, ११ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै सम्पन्न पाँचदिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छन्। जापान भ्रमण सकेर गएराति स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले जापानका विदेशमन्त्रीसहित विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूसँग भएको भेटवार्ता नेपालको हितमा केन्द्रित रहेको जानकारी दिइन्। “यस भ्रमणका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षहरूबारे तथा जापानको सहयोगमा सञ्चालित परियोजनाहरूका बारेमा महत्वपूर्ण कुराकानी भएको छ,” मन्त्री राणाले भनिन्, “त्यस्तै जापानमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदै अन्य देशहरूले अपनाएका नीतिहरू र त्यहाँको… पुरा पढौ

७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे संचालन

काठमाडौं जेठ १० आर्थिक मन्दिकाे कारण लगानी कर्ताहरू निरूसाहित भइरहेको समयमा युवाहरूको एक समुहले संघीय राजधानी काठमाडौंमा ७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे नयाँ ब्यवस्थापनका साथ शुरू गरेकाे छ । काठमाडौं कमलपाेखरी चाेकमा बिगत ३ दशक देखि संचालित स्वदेशी तथा बिदेशी पर्यटककाे राेजाइमा परेकोपर्यटन ब्यवसायी साजन शाक्य ग्रुपले संचालन गरिरहेकाे हाेटल मार्कपाेलाेलाइ इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिले आजदेखि नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएको हाे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रम बिच हाेटलकाे उद्घाटन गर्दैनेपालमा… पुरा पढौ