समाचार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

बागलुङ, साउन १ । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई बागलुङ प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सम्मानित पर्वत जिल्ला अदालतको २०५३ असोज २० गतेको फैसला आदेशले ५ महिना ७ दिन कैद सजाय तोकिएका बागलुङ नगरपालिका–९ कमलढाँडा निवासी राजु थापा भन्ने राजबहादुर थापालाई पक्राउ गरिएको हो। लामो समयदेखि फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय मातहत नगर प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले असार ३२ गते बिहान करिब ८ बजे उनकै… पुरा पढौ

जनक घर्ती मगरले घोषणा गरे नयाँ चलचित्र ‘आकाश वर्षा’

काठमाडौं । निर्माता जनक घर्ती मगरले नयाँ चलचित्र ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन्। चलचित्रको शीर्षक सार्वजनिक गर्दै उनले आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। चलचित्र ‘मितज्यू’ प्रदर्शनमा आएको छोटो समयमै उनले अर्को चलचित्र निर्माणको घोषणा गरेका हुन्। जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य देखाइएको छ। पोस्टरमा बादल, वर्षा तथा पृष्ठभूमिमा पहाडी दृश्य समेटिएको छ, जसले मानवीय जीवनका दुःख, सुख र संघर्षलाई संकेत गरेको… पुरा पढौ

चन्द्रागिरिमा कारले जबर्जस्ती रूपमा ट्याक्सी लाई हान्याे

काठमाडौं असार ३२ बागमती प्रदेश ०३४ च ७२६२ नम्बरको निजी कारलेचन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्टमा ००२ ज ७६९९ नम्बरको भाडाको ट्याक्सी लाइ जबर्जस्ति रूपमा ठक्कर हानेर क्षति पुर्याएकाे छ । चन्द्रागिरि बाट काठमाडौ तर्फ जादै गरेको भाडाको ट्याक्सी लाई बिवाइडी कारले बाटो आ‌ेभर टेक गर्दै जबर्जस्ती ठक्कर दिएपछि ट्याक्सी क्षतिग्रस्त हुन पुगेको प्रहरीले जनाएको छ ।ट्याक्सीमा क्षति भएपनिदुर्घटनामा सवारी चालक भने सकुशल रहेका छन् । जबर्जस्ती हानेर भागेको कारलाई स्थानीयले राेकेर प्रहरीमा खबर गरेपछि उक्त कारलाइ नगरपालिकाकाेक्रेनले उठाएर लगेको… पुरा पढौ

मोबाइल चोरीमा संलग्न एक युवक पक्राउ

बागलुङ, साउन ३१ — बागलुङ जिल्लाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका मोबाइल फोनको खोजतलासका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–२ स्थित धौलागिरि प्रादेशिक अस्पतालबाट हराएको रेड्मी ९टी मोबाइल र बागलुङ नगरपालिका–२ कै आवारोडस्थित एस.के. ज्वेलर्सको काउन्टरबाट चोरी भएको रेड्मी नोट १३ मोबाइलको अनुसन्धानका क्रममा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो। प्रहरीले चोरी भएका मोबाइलसहित काठमाण्डौ जिल्ला, तार्केश्वर नगरपालिका–६ निवासी २९ वर्षीय अमृत खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको… पुरा पढौ

रोटरी क्लब अफ ज्ञानेश्वरको छैठौं पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, असार ३१ रोटरी अभियानमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको क्लबले नयाँ नेतृत्वसँगै थप प्रभावकारी सेवा सञ्चालन योजना बनाएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ ज्ञानेश्वरले नयाँ कार्यसमितिको पदस्थापन समारोहमा राेटरी इन्टरनेशनलका डिस्ट्रिक गभर्नर बिष्णु बहादुर कार्कीले गाउँ गाउँमा पुगेर खानेपानीको समस्या छ भने त्यसलाई समाधान गरिदिने कि त्यहा के समस्या छ के गर्दा ठिक हुन्छ त्यो गरेर देखाउनुपर्नै बताए । देशभरि १६४ वटा राेटरी क्लब अस्तित्वमा रहेको त्यो… पुरा पढौ

क्यान्सरपीडितलाई लायन्स क्लबद्वारा मेडिकल सामग्री तथा आर्थिक सहयोग

काठमाडौं, असार २९ ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लबले मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत सञ्चालन भइरहेको सप्ताहव्यापी सेवा कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक र लायन्स क्लब अफ काठमाडौं नयाँबजारको संयुक्त आयोजनामा क्यान्सरपीडित राजु कुसुवार माझीलाई आवश्यक स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकाका निवासी माझी हाल थानकोटमा उपचाररत छन्। उनको उपचार तथा दैनिक जीवनलाई सहज बनाउन सुविधा सम्पन्न… पुरा पढौ

गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पाेखरा असार २८ लामोडहरस्थित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ। विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी तथा अभिभावकलाई अभिमुखीकरण गराएका थिए। उनले विद्यालयले विद्यार्थीको सुविधा र हितका लागि निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति सम्भव भएको बताए। साथै, विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे। सापकोटाले होटेल म्यानेजमेन्ट र… पुरा पढौ

मौलिक तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुँदै, दाजु–बहिनीको आत्मीय सम्बन्ध उजागर गर्ने

हरितालिका तिजको अवसर पारेर मौलिकता, पारिवारिक भावना र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुने भएको छ। दर्शक–श्रोताको मन जित्ने उद्देश्यसहित तयार गरिएको उक्त गीतले दिदी–भाइबीचको माया, स्नेह, आत्मीयता र पारिवारिक सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। गीतमा कृष्ण अखेली र पूर्णकला बिसीको सुमधुर स्वर रहेको छ भने संगीत कृष्ण अखेलीको रहेको छ। गीतका शब्द शिव अखेलीले सिर्जना गरेका हुन्। गीतको भिडियो कृष्ण अखेली युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।… पुरा पढौ

नेपालमा गुणस्तरीय क्यान्सर उपचार सेवा भइरहेको बिदेश जानुपर्छ भन्ने भाष्य गलत

काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेयरनेस नेपाल (CSAN) ले क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ। काठमाडौंस्थितमा आयोजित पत्रकार सम्मेलनमा  क्यान्सर रोग भरसक नेपाली लाई नलागाेस् तर लागेरइण्डिया चाइना सिंगापुरमा महंगोमा उपचार गर्नुभन्दा नेपाल मै सस्तोमा उपचार गर्न गराउन आफुहरूले काम गरिरहेकाे नेपालमा क्यान्सरको उपचार महंगो यहाँ शुरू नगराै बाहिर जानुपर्छ जान दियौं भन्ने भाष्य रहेकोकाठमाडौं क्यान्सर सेन्टरका डाक्टर अन्जनी कुमार झाले बताए । डाक्टर झा ले… पुरा पढौ

लायन्स क्लबहरूको नेतृत्व सुदृढीकरणमा केन्द्रित पहिलो एड्भाइजरी बैठक सम्पन्न

बागलुङ, असार २७ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत क्षेत्रीय तथा जोनस्तरीय नेतृत्वलाई प्रभावकारी बनाउने उद्देश्यले डिस्ट्रिक्ट गभर्नरको पहिलो एड्भाइजरी कमिटी बैठक शनिबार बागलुङमा सम्पन्न भएको छ। लायन्स क्लब अफ बागलुङ आवाजको आतिथ्यतामा आयोजित बैठकमा जोन चेयरपर्सन लायन सूर्यप्रसाद चापागाईं, चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुवँर ,लायन नारायण आचार्य रिजन चेयरपर्सन लायन लिलादेवी खड्का तथा क्लस्टर चिफ लायन अस्मिता गौतमको नेतृत्वमा विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा लायन्स वर्ष २०२६/२७ का लागि तय गरिएका सेवा,… पुरा पढौ