समाचार

सविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक

काठमाडौं । गायक सविन श्रेष्ठ को नयाँ गीत ‘कल्पना’ सार्वजनिक भएको छ । आइतबार २९ रिसोर्ट एन्ड फार्म हाउसमा आयोजित कार्यक्रममा गीतको प्रिमियर गर्दै सार्वजनिक गरिएको हो । गीतमा स्वर, शब्द तथा संगीत स्वयं सविन श्रेष्ठकै रहेको छ । गीतले बितिसकेको प्रेमको सम्झना र त्यससँग जोडिएको भावनात्मक नोस्टाल्जियालाई प्रस्तुत गरेको छ । पुरानो मायालाई सम्झिँदै विगतका अनुभूति र सम्बन्धका भावनालाई गीतमार्फत व्यक्त गरिएको छ । गीतका शब्दमा प्रेमिकाले सम्बन्ध त्यागेर गए पनि आफूले प्रेमलाई अझै निश्चल, पवित्र र चोखो रूपमा… पुरा पढौ

संघर्षमै सपना देखिरहेकी पर्वतकी शोभा परियार

पर्वत जिल्लाको शंकरपोखरीमा सामान्य परिवारमा जन्मिएकी शोभा परियार लोकगीत–संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन निरन्तर संघर्षरत एक मेहनती कलाकार हुन्। सानैदेखि गीत–संगीतप्रति विशेष रुचि राख्ने उनले गाउँघरका मेलापात, सांस्कृतिक कार्यक्रम तथा विद्यालयस्तरीय प्रतियोगिताबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन्। आर्थिक अवस्था सामान्य, अवसर सीमित र संघर्षका बाटा कठिन हुँदाहुँदै पनि उनले आफ्नो सपना कहिल्यै मर्न दिइनन्। हरेक प्रतियोगितामा सहभागी हुने, हारलाई सिकाइका रूपमा ग्रहण गर्ने र पुनः नयाँ उत्साहका साथ अघि बढ्ने उनको बानी नै आज उनको सबैभन्दा ठूलो शक्ति… पुरा पढौ

स्याङ्जाकी बत्ति कुमारी थापा बनिन् ‘दोस्रो गण्डकी लोक तारा’

कास्की ,जेठ ९ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको आयोजनामा सम्पन्न ‘दोस्रो गण्डकी लोक तारा’ प्रतियोगिताको उपाधि स्याङ्जाकी प्रतिभाशाली गायिका बत्ति कुमारी थापाले जितेकी छन्। लोकदोहोरी क्षेत्रका विभिन्न प्रतिभाबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा लमजुङका युगेश परियार द्वितीय तथा बागलुङकी ललिता घर्ती मगर तृतीय हुन सफल भएका छन्। गण्डकी प्रदेशभरका प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले लोकदोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। विजेता बत्ति कुमारी थापाले मधुर स्वर, मौलिक प्रस्तुति र… पुरा पढौ

जुना श्रीस मगरको “माया रैछ ठूलो” गीत सार्वजनिक 

लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका जुना श्रीस मगरको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत “माया रैछ ठूलो” सार्वजनिक भएको छ।  मायाँ, भावना र सम्बन्धको गहिराइलाई समेटिएको यस गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। जुना श्रीस मगरको मिठासपूर्ण स्वरले गीतलाई अझ आकर्षक बनाएको छ भने शब्द तथा संगीतले प्रेमभावलाई जीवन्तता दिएको छ।  सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय श्रीस मगरका हरेक प्रस्तुति जस्तै, यस गीतले पनि दर्शक–श्रोताबाट माया पाउने विश्वास… पुरा पढौ

घडीको सुई उल्टो घुमेर : पञ्चेबाजा गीत सार्वजनिक

लोकदोहोरी तथा पञ्चेबाजा गीतको क्षेत्रमा नयाँ स्वाद थप्दै गायक ईश्वर सिंह र लोकप्रिय गायिका कालिका रोका मगरको स्वरमा रहेको नयाँ गीत “घडीको सुई उल्टो घुमेर” भव्य रूपमा सार्वजनिक गरिएको छ।  मौलिक लय, आधुनिक प्रस्तुति र भावनात्मक शब्द संयोजनले भरिएको यस गीतले प्रेम, विछोड र समयको उल्टो यात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी पञ्चेबाजा शैलीमा तयार पारिएको यस गीतले नेपाली मौलिक संगीतको स्वादलाई अझ जीवन्त बनाएको छ।  गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युब प्लेटफर्ममा दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन जेठ ८ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकबाट निर्णय गर्दै निर्वाचन तालिका सार्वजनिक गरिएको हो । महासंघले जारी गरेको सूचनाअनुसार जेठ ८ गते महासंघ सचिवालय, बैठक बस्ने कार्यक्रम अनुसार निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सो दिन अपराह्न १ बजेदेखि मतदाता नामावली प्रकाशन गरिनेछ भने दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न १ः२० बजेदेखि १ः४५ बजेसम्म मनोनयन पत्र दर्ता… पुरा पढौ

कास्कीमा असार १ गतेदेखि तीन महिना नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक

पोखरा, जेठ ७कास्की जिल्लामा आगामी असार १ गतेदेखि तीन महिना नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ अनुसार गठन भएको जिल्ला नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिको बुधबार सम्पन्न बैठकले असार, साउन र भदौ महिनामा उत्खनन गर्न नपाइने व्यवस्था अनुसार निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह तथा नेपाल सरकारका… पुरा पढौ

गण्डकी लोकतारा–२०८३ को ग्राण्ड फिनाले जेठ ९ गते पोखरामा

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा “दोस्रो गण्डकी लोकतारा–२०८३” को बहुप्रतिक्षित ग्राण्ड फिनाले आगामी जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको सभाहल, गैह्रापाटनमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। गण्डकी प्रदेशभरबाट छनोट भएका प्रतिभाशाली कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिने भएकाले कार्यक्रम विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। लोकदोहोरी कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित आयोजना गरिएको… पुरा पढौ

नगर प्रहरीद्वारा महिलामाथि दुर्व्यवहार, सम्बन्धित प्रहरीमाथि कारबाही हुने

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सडक पेटी तथा फुटपाथ व्यवस्थापनका क्रममा एक महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जेठ ५ गते साँझ वीरेन्द्रनगर नगरपालिका–६ स्थित सिटी बसपार्क क्षेत्रमा डाला राखेर काफल बिक्री गर्दै आएकी महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। नगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने जनाएको छ। साथै, पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

‘महाराजधिराज’को छायांकन सुरु

काठमाडौं । चलचित्र महाराजधिराज को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको चलचित्रको छायांकन औपचारिक रूपमा अघि बढाइएको हो । चलचित्रको छायांकन सुनसरीबाट सुरु गरिएको निर्माण टिमले जनाएको छ । सुनसरीस्थित श्रीलंका टापुबाट सुरु भएको छायांकन त्यहाँ एक सातासम्म चल्नेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा छायांकन गरिनेछ । चलचित्रको छायांकन तालिका ७० दिनको रहेको बताइएको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन नवराज थापाले गरिरहेका छन् । निर्देशक सेनका… पुरा पढौ