समाचार

‘एक्टर: टेक वन’को विषयमा बोल्दै पूर्व मन्त्री झाक्रीले भनिन्, “चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ”

काठमाडौं - पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई 'एकदमै रहस्यमय र रमाइलो' भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् । झाक्रीले भनिन्, "सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन ।" उनले प्रदिप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई पनि सम्बोधन गरिन् । उनले भनिन्, "म नेपाली चलचित्रलाई प्रवर्द्धन गर्ने व्यक्ति नै हुँ । बधाई छ प्रदिप खड्कालाई । दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ ।" साथै,… पुरा पढौ

चार वर्षको मेहनतपछि चलचित्र लाज शरणम्

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइने उनी बताउँछन् । डार्क कमेडी फर्ममा कथा भन्ने उनले प्रष्ट पारेका छन् । “डार्क ह्युमर कमेडी फर्मममा कसरी हसाउँदा… पुरा पढौ

पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको माआ‌ेवादी अध्यक्ष प्रचण्डकाे दाबी

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उहाँले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताउनुभयो । ‘हामीले पार्टी… पुरा पढौ

म्याग्दी तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड

म्याग्दी, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै… पुरा पढौ

मालिका माध्यमिक बिद्यालयकाे ४७ आ‌ैं बार्षिकउत्सव सम्पन्न

बागलुङ ।वसन्त पञ्चमी अर्थात् सरस्वतीपूजाको पावन अवसर पारेर श्री मालिका माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस यस वर्ष (४७ औं बार्षिकउत्सव ) विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । २१ गतेको मूल समारोहको प्रमुख अतिथिमा भूमि सुधार आयोग बागलुङका अध्यक्ष सुनिल शेरचन, विशिष्ट अतिथिमा बानपा ५ का वडाध्यक्ष हरिप्रसाद शर्मा, बानपा ५ का जनप्रतिनिधि, छिमेकी विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक –शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु, पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पूर्व शिअसं अध्यक्ष, पूव शिक्षक, मालिका समाज जापानका… पुरा पढौ

सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्र वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा

काठमाडौं । नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन्। चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्। सिनेमा २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल… पुरा पढौ

सयपत्री ग्रुप सुखदुःखकाे साथीकाे सहयोग मानव सेवा आश्रमलाइ

काठमाडौं माघ २१ सामाजिक संजाल टिकटक फेसवुक एकपछि अर्को विकृति तर्फ उन्मुख भइरहेको समयमा भने समाजमा मानवीय तथा सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापना भएको सयपत्री ग्रुप सुखदुःखकाे साथीले मानव सेवा आश्रम काठमाडौं रानी वनमा पुगेर एक कार्यक्रम बिच सहयोग हस्तान्तरण गरेको छ । सामाजिक संजाल टिकटक फेसबुकमा जाेडिएकासाथीहरूले  सयपत्री ग्रुप सुखदुःखकाे साथी नामक संस्थाले सरस्वती पुजा अर्थात् बसन्त पन्चमीकाे दिन पारेर काठमाडौं रानीवनमा संचालित मानवसेवा आश्रममा एक छाककाे भाेजन र दुई लाख बराबरको सहयोग गरेको छ । सामाजिक संजाललाइ… पुरा पढौ

सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाे छ : उपप्रधानमन्त्री सिंह

- राजनीतिक स्थिरताकाे जनचाहनाहनुसारनै वर्तमान सत्तागठबन्धन ढोरपाटन (बागलुङ)  :माघ २१ उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउनुभएकाे छ । सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेकाे सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेकाे सत्तागठबन्धन स्थिर… पुरा पढौ

साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’

काठमाडौं । ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’‘अब तँ कहिले फर्किन्छस् ?’‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै) आम… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

काठमाडौं - सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन् । किरण थापाले कोरियोग्राफी गरेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन् । गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको सङ्घर्ष पछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता… पुरा पढौ