बागलुङ नगरपालिकाको एक अर्ब ३० करोडको बजेट सार्वजनिक

-


     हिडन खबर    
     असार ११ गते २०८२ मा प्रकाशित


बागलुङ, असार १०
बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३० करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख राजु खड्काले नगरसभामा बजेट प्रस्तुत गर्दै संघ, प्रदेश र आन्तरिक स्रोतहरूको अनुमानित आम्दानीका आधारमा बजेट निर्माण गरिएको जानकारी दिनुभयो।

बजेटको प्राथमिकता पर्यटन, शिक्षा, पूर्वाधार विकास र सामाजिक सेवा क्षेत्रमा दिइएको छ। यसअघि सोमबार नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफलपछि मंगलबार बजेट प्रस्तुत गरिएको हो।

बजेट स्रोत विवरण

नगर उपप्रमुख खड्काका अनुसार बजेटका प्रमुख स्रोत यसप्रकार छन्:

संघीय सरकारको वित्तीय समानीकरण अनुदान: रु १५ करोड ३७ लाख

सशर्त अनुदान: रु ७२ करोड २४ लाख

समपूरक अनुदान: रु २ करोड २४ लाख

विशेष चालु अनुदान: रु १ करोड ३० लाख

प्रदेश सरकारको समानीकरण अनुदान: रु २ करोड १६ लाख ८२ हजार

सशर्त पुँजीगत अनुदान: रु २ लाख

समपूरक र विशेष अनुदान: रु १ करोड

संघ, प्रदेश र स्थानीय तहबीचको राजस्व बाँडफाँड: रु १५ करोड १२ लाख ६० हजार

आन्तरिक राजस्व र बैंक मौज्दात: रु २१ करोड २९ लाख १५ हजार


कुल अनुमानित आय: रु १ अर्ब ३० करोड ९५ लाख ५८ हजार

विनियोजन विवरण

नगरपालिकाले विभिन्न क्षेत्रगत शीर्षकमा यसरी बजेट विनियोजन गरेको छ:

पूर्वाधार विकास: रु ३९ करोड ५१ लाख ३९ हजार

सामाजिक विकास: रु ६४ करोड ४१ लाख ३९ हजार

आर्थिक विकास: रु २ करोड ९७ लाख

सुशासन तथा अन्तरसम्बन्ध: रु ६ करोड ८१ लाख


अन्य उल्लेखनीय बजेट:

शिक्षा: रु २८ करोड ५ लाख

स्वास्थ्य: रु १६ लाख

फोहोर व्यवस्थापन: रु १२ लाख

आयुर्वेद: रु १० लाख

न्यायिक समिति: रु १५ लाख

बालमैत्री तथा दिगोपनाः रु २० लाख

कृषि: रु १५ लाख

पशु विकास: रु १० लाख

सामी परियोजना: रु ३ लाख

महिला तथा बालबालिका: रु २० लाख

नगरपालिकाले आर्थिक पारदर्शिता, दिगो विकास र नागरिकमूखी सेवा प्रवाहमा बजेट केन्द्रित गर्ने जनाएको छ।