
काठमाडौं, असार १२
सामाजिक सञ्जालमार्फत एक्यवद्ध भएर सुरु गरिएको सयपत्री ग्रुप–सुखदुःखकाे साथी गठन भएको एक वर्षपछि यसलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित कार्यसमिति चयन गरिएको छ ।
काठमाडौंको भैंसीपाटीस्थित हरियाली रिसोर्टमा आयोजित विशेष भेलाबाट सयपत्री संस्थाको औपचारिक घोषणा गर्दै अनन्त कुमार लम्सालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष: टीका शर्मा सचिव: प्रशान्त राज कार्की सह–सचिव: प्रजिना कार्की कोषाध्यक्ष: दिनेश खड्का सह–कोषाध्यक्ष: मञ्जु खनाल र सदस्यहरूमा पुजन कार्की, माला गजमेर, इना कुमारी श्रेष्ठ राजभण्डारी, सरोजा पोखरेल, सुरेश कर्माचार्य, राज ठकुरी र नवराज भण्डारी रहेका छन् ।
त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार: राजेश कुमार रावत
सल्लाहकारहरू: राजेशचन्द्र राजभण्डारी र चाँदनी घिमिरे
रहेकाे सचिव प्रशान्त राज कार्कीले जानकारी दिए ।
सामाजिक संजालमार्फत सुरु भएको यस समूहले गठनको प्रारम्भिक चरणमै मानव सेवा आश्रम, रानीवनमा पुगेर एक छाक भोजन खुवाउनुका साथै खाद्यान्न लगायतका सामग्री सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो ।
सामाजिक संजालमा विकृति आइरहेको समयमा सामाजिक संजाल मार्फत एक्यवद्धता भएका ब्यक्तिहरूले
सामुहिक रूपमा भेला हुने समाजमा रहेका दिनदुखी लाई सहयोग गर्दै आइरहेका छन् ।









