समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ: प्रचण्ड

फागुन १०, पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो। भेलामा प्रचण्डले भन्नुभयो, ''संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो।… पुरा पढौ

उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग जापानी राजदूतको भेट

काठमाडौं स् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । शहरी विकास मन्त्रालयमा बिहिबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । भेटमा उपप्रधानमन्त्री सिंहले प्राकृतिक विपत्तिका बेलामा पुर्याएको सहयोग र भूकम्पीय जोखिमका बारेमा अध्ययन गर्न सहयोग गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा शहरी विकासमा वैज्ञानिक अध्ययन अनुसन्धान मार्फत सहकार्य गर्न र जलवायु मैत्री हिसावले शहरीकरण गर्दै फोहोर मैला व्यवस्थापनमा समेत नेपालले जापनसँग सहकार्य गर्न चाहेको बताउनुभयो… पुरा पढौ

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड

गोरखा, ८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकको देश हो’– नेपाल प्राकृतिक रुपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर,… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । भारतीय विदेशमन्त्री डा एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उहाँ यही फागुन २ गते ओमन प्रस्थान गर्नुभएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताउनुभयो । सो सम्मेलनमा हिन्द… पुरा पढौ

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड

गोरखा, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ। गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यसमा हजारौं… पुरा पढौ

ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गर्नुभएको छ । मन्त्री डा राणाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभयो ।सो फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई… पुरा पढौ

अबकाे कार्यभार राजनीति स्थिरताकाे जगमा आर्थिक क्रान्ति हाे : उपप्रधानमन्त्री सिंह

बर्दिया  : उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबकाे कार्यभार राजनीतिक स्थीरताबाे जगमा आर्थिक क्रान्ति गर्नु रहेकाे बताउनुभएकाे छ । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जाेड दिनुभयाे । उपप्रधानमन्त्री सिंहले  ०७ सालकाे क्रान्ति कांग्रेसले गरेकाे चर्चा गर्दै ०७२ सालमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै  नेतृत्वमै जारी भएकाे भन्दै अबकाे कार्यभार संविधानलाई संस्थागत गर्दै जनताकाे जीवन  र… पुरा पढौ

सुस्ताएकाे चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन । जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन् । मंसिर, पुस र माघको जाडोसँगै सिनेमाको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो ।… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, विपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह

५ फागुन, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरुका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा… पुरा पढौ

गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत

(महोत्तरी) – नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको… पुरा पढौ