विकास र सिम्रनको आवाजमा ‘छम्म छम्म पाउजु’ सार्वजनिक

-


     हिडन खबर    
     असार ३१ गते २०८२ मा प्रकाशित


लन्डन — गायक विकास सुनार र गायिका सिम्रन परियारको आवाजमा तयार गरिएको डान्सिङ गीत ‘छम्म छम्म पाउजु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा यज्ञ विकको शब्द, विकास सुनारको संगीत र विमल छिनालको एरेन्ज तथा मिक्सिङ रहेको छ। अडियो ‘डाइनामिक स्टुडियो’ मा रेकर्ड गरिएको हो।

भिडियो बेलायतको डडल्डोर र लन्डन आसपासका आकर्षक पर्यटकीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा कार्टुन क्रु की चर्चित नृत्याङ्गना आस्मा विश्वकर्मासँगै गायक तथा ‘क्युट सेलिब्रेटी’ भनेर चिनिएका प्रताप दास फिचर छन्। उनीहरूसँगै गायक विकास सुनार र उनकी धर्मपत्नी तुलसी गौतम सुनारले पनि स्क्रिन सेयर गरेका छन्।

म्युजिक भिडियोको छायांकन तथा निर्देशन रूपेश थापाले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

गीतका गायक तथा निर्माता विकास सुनार बेलायतमा स्थापित सफल उद्यमीका रूपमा समेत परिचित छन्।