‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

-


     हिड्न खबरदाता     
     असार ३१ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोका झल्किएको छ।

विवाहको दृश्यबाट सुरु हुने टिजरमा विजय बरालले निभाएको पात्रको कोरिया जाने सपना, त्यस क्रममा बुवासँगको विवाद र काठमाडौंमा आफ्नै गाउँलेबाट ठगिनुको कथा समेटिएको छ। सपनाको पछाडि लाग्दा कसरी अलमलमा परिन्छ भन्ने यथार्थ टिजरमा देखाइएको छ।

चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय छ। निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र भदौ ६ गते रिलिज हुँदैछ।

‘जनै हराएको मान्छे’ को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको छ। नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी, तथा दिनेश राउत मुख्य सहायक निर्देशक रहेका छन्।

चलचित्र पेपरक्लिपको ब्यानरमा कमल र विमल न्यौपानेको निर्माणमा बनेको हो। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धरलगायत छन्। टिजर ट्रेलर शाहिल खान, कलर सुप्रिम पराजुली, कोरियोग्राफी सुनील क्षेत्री र एक्सन निर्देशन चुल्ठे काजीको रहेको छ।

विजय बराल ‘पूर्णबहादुरको सारंगी’ पछि पुनः मुख्य भूमिकामा देखिन लागेका हुन्। सोही चलचित्रबाट उनले हालै राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता सम्मान प्राप्त गरेका छन्। चलचित्रको वितरण काफिया फिल्म्समार्फत गोविन्द शाहीले गर्नेछन्।

Janai Harayeko Manchhe Teaser Link: https://www.youtube.com/watch?v=kzawoRpag7k