सर्वोत्कृष्ट उद्घोषणको अवार्ड शीतल शर्मालाई

-


     हिडन खबर    
     असार २८ गते २०८२ मा प्रकाशित


काठमाडौँ, असार २८  –
चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड–२०८२ अन्तर्गत फाइनल विजेता घोषणा, पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम शुक्रबार काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भयो।

उपमा सञ्चार प्रालितेज नेपाल मल्टिमिडिया प्रालिको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा उद्घोषक शीतल शर्मालाई सर्वोत्कृष्ट उद्घोषण विधामा अवार्ड प्रदान गरिएको हो।

करीब दुई दशकदेखि उद्घोषण क्षेत्रमा सक्रिय रहेकी शर्माको देशभर विभिन्न मेला–महोत्सव तथा स्टेज कार्यक्रमहरूमा अत्यधिक माग रहँदै आएको छ।

सम्मानित भएपछि उनले खुशी व्यक्त गर्दै भनिन्,

“यो अवार्डले मेरो उद्घोषण कलाप्रति जिम्मेवारीको अनुभूति अझ बलियो बनाएको छ।”


उनले पुरस्कार प्रदान गर्न विशेष भूमिका खेलेका आफ्ना श्रीमान्को योगदानलाई उल्लेखनीय बताउँदै आभार प्रकट गरिन्। साथै, आयोजक संस्था उपमा सञ्चार प्रालिप्रति पनि आभार व्यक्त गर्दै आफुलाई योग्य ठानी सम्मान प्रदान गरिएकोमा धन्यवाद दिइन्।