
काठमाडौं, असार ३० – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र त्रिभुवन विमानस्थलको अध्यागमन प्रणालीमा देखिएको बेथिति प्रशासनिक कमजोरी नभई गम्भीर अनुसन्धानको विषय भएको बताएका छन्।
संघीय संसदमा सम्बोधन गर्दै उनले विषय गम्भीररूपमा सतहमै आएको भन्दै निष्पक्ष छानबिनको माग गरे।
उनले प्रमुख प्रतिपक्षका रूपमा संसद अवरुद्ध गर्नु बाध्यता भएको तर बजेट जस्ता विषयमा संसद चल्न दिएको बताए।
प्रचण्डले निजामती सेवा, विद्यालय शिक्षा र नागरिकता विधेयकमा प्रतिपक्षले जिम्मेवार भूमिका खेलेको भन्दै, “स्वार्थ समूहको चलखेलले विधेयक समितिमै रोकिएको छ,” भने।













