समाचार

परराष्ट्रमन्त्री डा. आरजु राणासँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन (ईयू) आबद्ध देशका काठमाडौंस्थित आवासीय तथा नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत र मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–युरोपियन युनियन सम्बन्ध, आपसी हितका विषय, तथा साझा चासोका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका अवसरमा मन्त्री डा. राणाले नेपालका आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रहरूमा युरोपियन युनियन तथा सदस्य राष्ट्रहरूले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, हालै सम्पन्न सगरमाथा संवादमा युरोपियन… पुरा पढौ

मध्यपहाडी लोकमार्ग बसाइसराइ न्यूनीकरणका लागि हो : अध्यक्ष प्रचण्ड

दैलेख, जेठ ५ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गको अवधारणा पहाडी क्षेत्रमा बसाइसराइ न्यूनीकरण, व्यवस्थित सहर निर्माण, पर्यटन र उद्योग प्रवर्द्धनका लागि अघि सारिएको स्पष्ट पार्नुभएको छ। दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको विकास र समृद्धिमा सबै राजनीतिक दलहरूको एकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। “मध्यपहाडी लोकमार्ग अभियान अब माओवादीको मात्रै होइन, सबै दलहरूको साझा अभियान बनेको छ,” उहाँले भन्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार महासंघ लगायत विभिन्न निकायका प्रतिनिधिहरूले… पुरा पढौ

नायिका वर्षा राउत ‘महाराजधिराज’मा अनुबन्धकाठमाडौं ।

नायिका वर्षा राउत नयाँ नेपाली चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएकी छन्। कलाकारहरूको लाइनअप विस्तार गर्दै निर्माण टिमले राउतलाई फिल्ममा भित्र्याएको हो। यसअघि नै अभिनेत्री वर्षा शिवाकोटी, अभिनेता आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र जयकिशन बस्नेत ‘महाराजधिराज’ मा अनुबन्ध भइसकेका छन्। अब वर्षा राउतको पनि सहभागीता भएपछि चलचित्रमा स्टारकास्टको बाक्लो उपस्थिति देखिएको छ। चलचित्रको निर्देशन परिच्छेद सेनले गर्नेछन्। उनी स्वयंले यस चलचित्रको कथा लेखेका छन्। सेन निर्देशित पछिल्लो चलचित्र ‘प्रेमगञ्ज’ ले समीक्षक र दर्शकको प्रशंसा बटुल्न सफल भएको थियो। ‘महाराजधिराज’… पुरा पढौ

हुम्लाको तिलगाउँ हिमताल फुटेर आएको पहिरोको उच्च जोखिममा, सरकारको उपस्थिति अझै शून्य

हुम्ला, नाम्खा गाउँपालिका-६ — हुम्लाको तिलगाउँ बस्ती हाल हिमताल फुटेर आएको लेदोसहितको पहिरोको उच्च जोखिममा परेको छ। प्राकृतिक प्रकोपका कारण स्थानीयवासी त्रसित छन् भने राज्यका जिम्मेवार निकायहरूको उपस्थिति अझै नदेखिनु स्थिति झनै गम्भीर बन्दै गएको स्थानीय स्रोतले जनाएको छ। स्थानीय सूचनाअनुसार, पहिरोले गाउँको खानेपानीको संरचना, आवागमनको बाटो र झोलुङ्गे पुलमा व्यापक क्षति पुर्‍याएको छ। हालसम्म ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा छन् तर उद्धार कार्य प्रारम्भ भएको छैन। यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र जोखिममा… पुरा पढौ

“साईलि के गर्छ कर्मले” — आसा बिसी र एम. टी. महरको लोक दोहोरी गीत सार्वजनिक

काठमाडौं, जेठ ५ — लोकदोहोरी संगीतको क्षेत्रमा सक्रिय गायिका आसा बिसी र गायक एम. टी. महरको नयाँ गीत "साईलि के गर्छ कर्मले" सार्वजनिक भएको छ। प्रेम, पीडा र कर्मको कथालाई समेटिएको यो गीत पछिल्लो पुस्ताको युवा प्रेम जीवनलाई प्रतिनिधित्व गर्ने प्रयास गरिएको छ। गीतमा शब्द आसा बिसीको रहेको छ भने संगीत गायक महरकै हो। दुवैले यस गीतमा स्वर दिएका छन्। मौलिकता झल्किने पहिरन र ग्रामीण परिवेशलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आसा बिसी, एम. टी. महर र कुल बी. ओलीको अभिनय… पुरा पढौ

कोटिहोममा विभिन्न जातजातिको सांस्कृतिक प्रदर्शन सुरु

पोखरा, जेठ ५ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको छ। आयोजकका अनुसार सांस्कृतिक विविधता संरक्षण र सनातन धर्मको प्रचारप्रसार उद्देश्यले हरेक दिन फरक–फरक समुदायको संस्कृति प्रस्तुत गरिनेछ। आइतबार नवलपुरको मध्यविन्दु नगरपालिका–३ बाट आएका टोलीले थारु समुदायको लाठी नाच, झमटा र झुमरा नृत्य प्रस्तुत गरेका थिए। आगामी दिनमा दरौँ सिरुवारी लगायतका क्षेत्रबाट आउने टोलीले आ–आफ्नो संस्कृति प्रदर्शन गर्ने छन्। कोटिहोममा नेपालका ख्यातिप्राप्त कलाकार र साधु–सन्तको प्रवचन तथा… पुरा पढौ

अध्यक्ष प्रचण्ड दैलेखमा सहिद कविराज शर्माको परिवारसँग भेटघाट

दैलेख, ४ जेठ २०८२ — नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेख सदरमुकामस्थित सहिद कविराज शर्माको निवास पुगेर परिवारसँग भेटघाट गर्नुभएको छ। जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गरेका कविराज शर्माको सम्झनामा उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग अध्यक्ष प्रचण्डले लामो समय कुराकानी गर्नुभयो। पवित्रा शर्माले जनयुद्धका क्रममा आफ्नो श्रीमान् कविराज शर्मासहित छोरा नारायण शर्मा र छोरी सिता शर्मा (सफलता)लाई समेत गुमाउनु परेको पीडा अध्यक्षसँग बाँड्नुभयो। उहाँका… पुरा पढौ

मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकम कर्णालीमा जनसंवाद सम्पन्न

दैलेख, जेठ ४ — माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अभियानको सुरुआत सुदूरपश्चिमको बैतडी पाटनबाट गरिएको हो, जुन अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी सुर्खेतस्थित राकम कर्णालीमा प्रवेश गरेको हो। अभियानले कर्णाली प्रवेशसँगै राकम कर्णालीमा पहिलो कार्यक्रमको रूपमा जनसंवाद सम्पन्न गरेको छ। जनसंवादका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनसम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यक परे नयाँ आन्दोलनको तयारीसमेत गर्न अभियान थालिएको बताए। उनका अनुसार, मध्यपहाडी लोकमार्ग केवल भौतिक… पुरा पढौ

अध्यक्ष प्रचण्डलाई अछाममा स्वागत, ज्ञापनपत्र बुझाइयो

अछाम, जेठ ४, हिड्न खबर — मध्यपहाडी लोकमार्ग अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको टोली अछामको पञ्चदेवल विनायक नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएको छ। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउनेले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय विकास, पूर्वाधार विस्तार र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेकी थिइन्। उक्त ज्ञापनपत्रमा नगरभित्रका सडक सुधार, विद्युत् विस्तार, शिक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण लगायतका प्राथमिकताहरू समेटिएको नगर स्रोतले जनाएको छ। अध्यक्ष प्रचण्डले ज्ञापनपत्र… पुरा पढौ

एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन

पोखरा, हिड्न खबर — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनको सहभागिता रहेको छ। प्रचार संयोजक लेखराज ढकालका अनुसार देशका ३५ भन्दा बढी जिल्लाबाट भक्तजनहरू कोटिहोम दर्शनमा आएका थिए। भक्तजनको उल्लेखनीय उपस्थिति र श्रद्धाले पोखराको कोटिहोमलाई ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको आयोजकहरूको भनाइ छ। महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ४ गतेदेखि १३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। साथै युवा दार्शनिक चैतन्यकृष्ण महाराजले पनि कथा वाचन गर्ने… पुरा पढौ