
काठमाडौं ,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको छ।
बैठकमा राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सबै घटकका नेताहरूको सहभागिता रहेको छ।















