समाचार

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

काठमाडौं भदौ १३: सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त  गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त भएका हुन्। हालका आईजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हाे । पुरा पढौ

जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश, दर्शकको मन जित्दै

काठमाडौं — सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो प्रदर्शन हप्तामा प्रवेश गरेको छ। आम नेपाली मध्यम वर्गले भोग्ने आर्थिक संघर्ष र पारिवारिक सम्बन्धको कथालाई उठान गरेको यस चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। निर्देशक हिमाल न्यौपानेले चलचित्रले राम्रो "वर्ड अफ माउथ" पाएको बताउँदै दोस्रो हप्तामा अझ राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो। चलचित्र हेरेर भावुक भएर रोइरहेका दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक… पुरा पढौ

प्रचण्डको दाबी: भारतसँग सिधा सीमा संवाद गर्ने पहिलो प्रधानमन्त्री आफू

विराटनगर, १२ भदौ २०८२ — नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग कालापानी–लिपुलेक सीमा विवादबारे सिधा संवाद गर्ने पहिलो प्रधानमन्त्री आफू भएको दाबी गर्नुभएको छ। विराटनगरमा आयोजित १ नं. प्रदेश समिति सचिवालय बैठकमा बोल्दै उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग औपचारिक रूपमा सीमा समस्याबारे गम्भीर संवाद भएको र समाधानको सार्वजनिक घोषणा गराएको बताउनुभयो। उहाँले पार्टी कार्यकर्तालाई जनतालाई यस्ता उपलब्धिहरू जानकारी गराउन आग्रह गर्दै, आत्मसमिक्षा र आलोचनाको संस्कारलाई पार्टी विकासको आधार मान्नुपर्ने धारणा राख्नुभयो। वैचारिक अराजकता र अनुशासनहीनता संगठनका लागि… पुरा पढौ

बरेङमा जिप दुर्घटना, सात जना घाइते

बागलुङ, भदौ १२ — बागलुङको जैमिनी नगरपालिका–१० नाम्दुकस्थित बरेङ–बागलुङ सडकखण्डमा बिहीबार साँझ जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बरेङ गाउँपालिका–०१ बासकोट निवासी २० वर्षीय रबी थापाले चलाएको ग १ ज ७४८० नम्बरको जिप साँझ करिब ७ बजे घुम्ती मोड्ने क्रममा स्टेयरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित सात जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी… पुरा पढौ

माओवादी केन्द्रको प्रदेश समिति सचिवालय बैठक विराटनगरमा प्रारम्भ

मोरङ, १२ भदौ २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रदेश समिति सचिवालय बैठक आज विराटनगरमा सुरु भएको छ। बैठकको उद्घाटन पार्टी अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न भयो। बैठकमा प्रदेशस्तरीय संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति निर्माण, तथा स्थानीय तहमा पार्टीको सक्रियता अभिवृद्धि गर्ने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। सचिवालयका पदाधिकारीहरू, प्रदेश समिति सदस्यहरू तथा अन्य वरिष्ठ नेताहरूको सहभागिता रहेको बैठकले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू लिने विश्वास… पुरा पढौ

जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्तुगलको अधिवेशन लिस्वनमा हुँदै

२८ अगस्ट, लिस्वननेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा आगामी सेप्टेम्बर १४ र १५ तारिखमा लिस्वन, पोर्तुगलमा प्रशिक्षणात्मक भेला तथा एनपीपीएफ पोर्तुगलको आठौं अधिवेशन सम्पन्न हुने भएको छ।कार्यक्रमको पहिलो दिन अधिवेशन हुनेछ भने दोस्रो दिन प्रशिक्षणात्मक भेला तथा बैठक आयोजना गरिनेछ। नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिव राम कार्की ‘पार्थ’ प्रमुख अतिथि रहनेछन्। पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य ओनसरी घर्ती मगरको विशेष उपस्थिति रहनेछ। भेलामा युरोपका विभिन्न देशहरूका साथै युके… पुरा पढौ

मंगल चाैथीका दिन गणेश भगवानकाे रथ यात्रा

काठमाडौ भदौ ११ मगंल चाैथीका दिन हिन्दु धर्म संस्कृति अनुसार भगवान गणेशकाे रथ यात्रा भब्य रूपमा निकालियाे ।सिद्वि बिनायक श्री गणेश मन्दिर संरक्षण समिति अन्तर्गत गणेश गुठी साउनेमुल १५ ललितपुर सातदोबाटोकाे आयोजना यश क्षेत्रमा  गणेश चाैथी ठूलो तामझामका साथ मनाइएको हाे । कुनै पनि कार्य गर्दा बिध्न बाँधा उत्पन्न नहाेस भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशकाे आराधाना र स्मरण गर्ने गरेकोमा यसपटक भने भब्य रूपमा गणेश चाैथी मनाएको गणेश गुठीका संरक्षक पुरूषाेत्तम कार्कीले बताए । ठूलो… पुरा पढौ

लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रै सम्भव भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना” विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रको पहिलो सरकारले ऊर्जा र कृषिलाई आधारभूत प्राथमिकता दिएको स्मरण गर्नुभयो। अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा… पुरा पढौ

माओवादीप्रति जनविश्वास बढ्दैछ, प्रतिक्रियावादीहरू आतंकित छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौ ११ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनताको विश्वास पुनः बढ्दो क्रममा रहेको बताएका छन्। कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा पनि माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको स्पष्ट भएको उल्लेख गरे। उनीले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ तथा हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा व्याख्या गर्दै भने, “हाम्रो पार्टी… पुरा पढौ

जैमिनी नगरपालिका–१ मा तीज प्रतियोगिता भव्य रूपमा सम्पन्न

बागलुङ — जैमिनी नगरपालिका–१ मा आयोजित तीज प्रतियोगिता विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नरबहादुर पुनले तीज पर्वको अवसरमा सम्पूर्ण महिलालाई शुभकामना दिँदै यस पर्वले महिला सशक्तिकरण र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा वडा नं. १ का प्रतिनिधि विष्णु आचार्य, वाणिज्य बैंकिङकी प्रबन्धक शोभा आचार्य, बजार तथा व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीसले पनि मन्तव्य राख्दै तीजको सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभयो। 🎉 प्रतियोगिताका मुख्य परिणामहरू ⚽ फुटबल प्रतियोगिता 🥇… पुरा पढौ