ललितपुरमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन

-


     हिड्न खबरदाता     
     असार २१ गते २०८३ मा प्रकाशित


ललितपुर, असार २१

दृष्टि गुमाउने प्रमुख कारणमध्ये एक मोतिबिन्दुको समयमै उपचार गर्ने उद्देश्यले ललितपुरको लुभुमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ (नेपाल) अन्तर्गत लायन्स क्लब अफ काठमाडौं कपल्सको आयोजनामा शनिबार श्री लुभु माध्यमिक विद्यालय, नसाल, लुभुमा शिविर सञ्चालन गरिएको हो। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको शिविरमा १८७ जनाले आँखा चेकजाँच गराएको आयोजकले जनाएको छ।ब्लड टेष्ट ४० जनाको टेष्ट गरिएको थियो ।

शिविरमा मोतिबिन्दु भएका बिरामीहरूको आँखाको परीक्षण गरी आवश्यक परेकाहरूको निःशुल्क शल्यक्रिया गरिएको थियो। प्राविधिक सहयोग मातृका आँखा केन्द्र, पुरानो बानेश्वर, काठमाडौंले उपलब्ध गराएको थियो भने सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुभुले सहयोग गरेको थियो।

आयोजकका अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।

यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमले समुदायमा आँखासम्बन्धी रोगको पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। शिविरबाट स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका दृतिय भाइस गभर्नर हसन कुमार गाेपाली लगायतका लायन्स लिडरहरूकाे उपस्थिति रहेको थियो।