बागलुङ, मंसिर १६। सार्थक प्रकाशन बागलुङद्वारा सञ्चालित साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला बागलुङ नगरपालिका–३ स्थित सनराइज बोर्डिङ स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालासहित १३ जनाले आफ्ना–आफ्ना सिर्जना वाचन गरेका थिए। संस्थाले गाउँ–गाउँमा रहेका प्रतिभा खोज्दै प्रत्येक महिना फरक ठाउँमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरूप यसपटकको श्रृंखला विद्यालयमै आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थी दीक्षा क्षेत्री, खुशी खड्का, शिक्षक तेजन विश्वकर्मा, प्रकाश कार्की र लालबहादुर नेपालीले आफ्ना रचना प्रस्तुत गरे। सोही क्रममा विद्यालयका पूर्वविद्यार्थी प्रवित हमालले अंग्रेजी…
पुरा पढौ