अमरेश्वर शिव मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण

-


     हिडन खबर    
     श्रावण ३० गते २०८३ मा प्रकाशित


कास्की, साउन ३०

‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाका साथ स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा ब्यूटिफुल सिटी ले पोखरा–१९, तल्लो काउरेस्थित श्री अमरेश्वर शिव मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मन्दिर परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रति समुदायलाई सचेत बनाउने प्रयास गरिएको क्लबले जनाएको छ।

क्लबका अनुसार यस्ता रचनात्मक तथा सेवामूलक गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै लायन्सको सेवाभावलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट चिफ एओजी महेश पौडेल ले कार्यक्रमको सफल आयोजनाका लागि लायन्स क्लब अफ पोखरा ब्यूटिफुल सिटी परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका छन्।

लायन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। अमरेश्वर शिव मन्दिर परिसरमा सम्पन्न सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम पनि सोही सेवाभावको एक उदाहरण भएको सहभागीहरूले बताएका छन्।