समाचार

बीपी स्मृति दिवसमा वृक्षारोपण तथा सरसफाइ

बागलुङ, साउन ६ नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बागलुङले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। हरित जलवायु संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बागलुङ नगरपालिका–१ रामरेखास्थित बीपी स्मृति पार्कमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस बागलुङले जनाएको छ। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै सरसफाइ अभियान सञ्चालन गरेका थिए। नेपाली कांग्रेस बागलुङले बीपी… पुरा पढौ

अकलादेवी मन्दिर परिसरमा लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको सेवामूलक अभियान

पोखरा, साउन ५ लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले अकलादेवी मन्दिर परिसरमा सरसफाइ, डस्टबिन तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष विष्णुकुमार जोजुको अध्यक्षतामा सोमबार (जुलाई २१) आयोजित कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो। मन्दिर परिसरको सरसफाइसँगै वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनका लागि डस्टबिन तथा आवश्यक सामग्री वितरण गरिएको क्लबले जनाएको छ। कार्यक्रमले धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता अभिवृद्धि गर्न सहयोग पुग्नुका साथै समुदायमा सामाजिक उत्तरदायित्व र सेवाभावको सन्देश प्रवाह गरेको सहभागीहरूले… पुरा पढौ

पहिरोका कारण भित्री सडक पूर्ण अवरुद्ध, खुलाउने प्रयास जारी

बागलुङ, साउन ५ बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित हरिचौर–मल्म–पाण्डवखानी भित्री सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गलकोटका अनुसार सोमबार बिहान करिब ७ः४० बजे खाउलेखोला क्षेत्रमा सडक माथिबाट ढुंगा, माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (प्रनानि) बेदप्रसाद भुसालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय गलकोटबाट करिब ५… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक सम्पन्न

चितवन, साउन ३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक सम्पन्न गरेको छ। ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार पर्यटकीय नगरी चितवनमा सम्पन्न भएको छ । बैठकमा डिष्ट्रिक्टका पूर्व तथा वर्तमान नेतृत्व, प्रमुख पदाधिकारी, क्लब अध्यक्ष तथा विभिन्न समितिका संयोजकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी लायन वर्षका सेवा गतिविधि, सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक शुरू

चितवन, साउन ३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक शुरू भएको छ । ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार चितवनस्थित रिजेन्टा रिसोर्ट एन्ड स्पा बाई रिभरसाइडमा शुरू भएको छ। आगामी लायन्स बर्ष २०२६/२७ काे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्ने उदेश्यले एडभाइजरी काउन्सिल बैठक शुरू भएको चिफ एडभाइजर मीनराज काफ्लेले बताए । पुरा पढौ

जन्मदिनमा बालबालिकासँग खुशी साट्दै नवराज अधिकारी, सेवाघरलाई नगद सहयोग

काभ्रे। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै युवा व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन नवराज अधिकारीले मानव कल्याण समाज बाल सेवा घरका बालबालिकासँग खुशी साट्दै भोजन गराउनुभएको छ। लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको आयोजनामा सम्पन्न कार्यक्रममा ५८ जना बालबालिकालाई भोजन गराइनुका साथै लायन अधिकारीले बाल सेवा घरलाई रु. ११ हजार १११ नगद सहयोग प्रदान गर्नुभएको थियो। जन्मदिनको अवसरमा सेवाघर पुगेर बालबालिकासँग समय बिताउँदै उहाँले माया, आत्मीयता र सद्भाव साट्नुभएको… पुरा पढौ

लायन्स क्लबको जोन बैठक सम्पन्न, सेवा र नेतृत्व विकासमा जोड

बागलुङ, साउन २ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत बागलुङमा जोनस्तरीय बैठक सम्पन्न भएको छ। जिल्लाका विभिन्न लायन्स क्लबहरूको सहभागितामा आयोजित ‘डिस्ट्रिक्ट गभर्नरस् फर्स्ट एड्भाइजरी कमिटी मिटिङ’ मा सेवा, नेतृत्व विकास तथा क्लबहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो। बैठकमा लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ सिटिजन्स, लायन्स क्लब अफ बागलुङ युनियन तथा लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लायन्स लिडर काजीमान गुरूङ,दुर्गा कुवँर अनुप… पुरा पढौ

लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर सम्पन्न, करिब १०० जनाको मोतिबिन्दु शल्यक्रिया गरिने

काठमाडौं साउन २ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत काठमाडौंस्थित विभिन्न लायन्स क्लबहरूको आयोजनामा तथा मातृका आई सेन्टर, काठमाडौंको प्राविधिक सहयोगमा ललितपुर महानगरपालिका–६, सिँचाहिटीस्थित पिनाकल एकेडेमी स्कुलमा शनिबार एकदिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा विशेषगरी श्रवण तथा वाक् अपाङ्गता भएका महिला, पुरुष तथा बालबालिकासहित १६१ भन्दा बढी सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा करिब १०० जनामा मोतिबिन्दुको समस्या पहिचान भएकाले उनीहरूको निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा परीक्षण तथा परामर्श सेवा… पुरा पढौ

बृहत् वृक्षरोपण तथा गोडमेल अभियान : हरित वातावरण निर्माणमा लायन्सको अग्रसरता

काठमाडौं, साउन २ वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (नेपाल) अन्तर्गत बागमती एरियाले शनिबार काठमाडौंको तारकेश्वरस्थित लायन्स पार्क, भ्यू टावरमा बृहत् वृक्षरोपण तथा गोडमेल कार्यक्रम आयोजना गरेको छ। “Leading with Purpose” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानमा काठमाडौं उपत्यकाभित्रका दर्जनौं लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा वातावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै पूर्वरोपित बिरुवाको संरक्षण, गोडमेल र सरसफाइ कार्यसमेत गरिएको थियो।… पुरा पढौ

पहिलो भजनमार्फत श्रोतामाझ आइन् गायिका कमला गैरे,

काठमाडौं । लोक तथा आधुनिक गीतमार्फत श्रोतामाझ परिचित गायिका कमला गैरे पहिलो पटक भजन गायनमार्फत दर्शक–श्रोतामाझ प्रस्तुत भएकी छन्। राम्जी पौडेल र कमला गैरेको शब्द तथा लय रहेको उक्त भजनमा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ। भजनको अडियो तथा भिडियो निर्माण डिजिटल स्टार पोखराले गरेको हो। भजन सार्वजनिक गर्दै गायिका गैरेले यो आफ्नो पहिलो भजन गायन प्रयास भएकाले दर्शक तथा श्रोताबाट सल्लाह, सुझाव र सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताएकी छन्। उनले भजन मन परेमा लाइक, कमेन्ट र सेयर गरेर हौसला… पुरा पढौ