समाचार

यस वर्षको मदन पुरस्कार डा.नवराज लम्सालकाे अग्नी महाकाब्यलाई

काठमाडौँ । यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्वारा लिखित ‘अग्नि’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको बताए । मदन पुरस्कारको लागि यश बर्ष २९९ जना लेखकले पुस्तक पेश गरेकोमा ८ जना लेखकको पुस्तक मध्यबाट लम्सालले लेखेको अग्नि महाकाब्य छनाेट भएको हाे । यसैगरी, यस वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताए ।… पुरा पढौ

अख्तियारमा उजुरी परेकै व्याक्तिलाई कर्मचारीमा छनौट

बागलुङमा सुरक्षित आप्रवासन परियोजना (सामी) का लागि कर्मचारी छनौटमा विवादित व्याक्तिलाई छनौट गरेको घटना सार्वजनिक भएको छ । गत आर्थिक वर्षसम्म भिमपोखरा युवा क्लव द्वारा सञ्चालित परियोजनामा कर्मचारी छनौटमा नक्कली कागजात पेशगरेको भन्दै अख्तियारमा उजुरी परेकै व्याक्तिलाई बागलुङ नगरपालिकाले पुन: कर्मचारी मै छनौट गरि कानुनको उल्लंघन गरेको हो । चालू आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाको मातहतबाट सञ्चालन हुने परियोजना (सामी) को लागि पहुँचको आधारमा फेक डकुमेन्ट (झुटो कागजात) बनाएको आरोप लागेका व्यक्तिलाई कर्मचारीका रुपमा छनौटमा गरेको छ । आप्रवासी श्रोतकेन्द्र परामर्शकर्तामा… पुरा पढौ

बैंकर्स बागलुङको दरखाने कार्यक्रम सम्पन्न

बैंकर्स बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था मा कार्यरत महिला कर्मचारी दिदिबहिनीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। बैंकका बिभिन्न शाखामा कार्यरत महिला कर्मचारी दिदिबहिनी हरूलाई एक आपसमा चिनजान तथा एउटै क्षेत्रमा कार्यरत महिला बैंकर्सहरु बीच मैत्रीपुर्ण सम्बन्धको विकास गराउन एबम् नारी सम्मानको लागि हरितालिका तीजको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरीएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बताउनुभयो । कार्यक्रममा बागलुङ स्थित बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पुर्ण महिला कर्मचारी तथा शाखा प्रबन्धकहरूको उपस्थिति रहेको… पुरा पढौ

निजामती कर्मचारीमा आरक्षण र समावेशी कायमै राख्नुपर्ने आदिवासी जनजाति महासंघको माग

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले निजामती कर्मचारीमा आरक्षण र समावेशी विषयमा पत्रकार भेटघाट तथा अन्तर्क्रिरया कार्यक्रम गरि आफ्नो माग अगाडि सारेको छ । कार्यक्रममा नेपाल आदिवासीजनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष बमबहादुर गुरूङले संविधानको धारा ३ र ४ ले राज्यलाई समावेशी बनाउदै लैजाने संकल्प गरेको मौलिक हक अन्तर्गत धारा ४२ राज्यको मुल प्रवाहमा बहिस्कृत तथ पछाडि पारिएको बर्गलाइ लक्षित गरि ल्याएको आरक्षण केही बर्ष कायमै राख्नुपर्ने धारणा राखेका थिए ।अहिले ल्याएको समावेशी आरक्षण कै कारण महिला जनजाति… पुरा पढौ

शिक्षा मन्त्री गलैंचा ओछ्याएर खाल्डोमा

नेपाल सरकारका शिक्षामन्त्रीको रोचक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल आफुले अध्ययन गरेको बागलुङ नगरपालिका वडा नम्बर-१३ पैँयुपाटामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको भवनको शिलान्यास गर्न खाल्डोमा गलैँचा माथि पलेटि कसेर बसेकाे फोटो सामाजिक सञ्जालमा भाइरल बनेको हो । मन्त्री पौडेलले बुधबार विद्यालयको भवन शिलान्यास गरेका हुन । नेपाल सरकारको रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा भवनकोलागि बजेट विनियोजन भएको थियो । कोट पाइन्टमा सजिएका मन्त्री पौडेलले खाल्डोमा टिफर्म माथि गलैँचा बिछ्याइएर पलेटि कसेर बसेको… पुरा पढौ

नेपाल बन्द: सुनसान बागलुङ, ५ बन्द कर्ता पक्राउ

बागलुङमा नेपाल बन्दको आयोजाना गर्ने ४ दलीय कम्युनिस्टका ५ जना पार्टीकार्यकर्ता पक्राउ परेका छन् । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुतीले नेतृत्व गरेको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी शुशिलले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीले आयोजना गरेको बन्द सफल पार्न हिडेका नेता कार्यकर्ता पक्राउ परेका हुन् । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ… पुरा पढौ

श्रीमानको बर्बरता पुर्वक हत्यागर्ने श्रीमती ५६ घण्टामै पक्राउ

हाम्रो समाज कति सम्म निर्मम र हिंसक बन्दै गइरहेको छ भन्ने उदाहरण एकपछि अर्को गरि सार्वजनिक हुँदै गइरहेको छ ।सँगै बाच्न सँगै मर्ने कसम खाएर विवाहित जिवनमा बाँधिएका दम्पती यतिबेला निर्दयी र निर्मम बन्दै गइरहेको छ ।बागलुङ जिल्लामा एक साताअघि टाउको नभएको एउटा लास निसीखाेलामा देखियो ।प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त टाउको नभएको लास आफ्नो श्रीमतीले रिसमा आएर घरेलु हतियार प्रयोग गरि हत्या गरेको रहस्य खुलेको हाे । बागलुङ जिल्लाकाे निसीखाेला गाउँपालिकामा केही दिन अघि घाँटी काटिएको अवस्थामा फेला परेको… पुरा पढौ

माओवादी केन्द्रको केन्द्रीय सचिवमा बागलुङका ३ जना

गत पुसमा महाधिवेशन सम्पन्न भएर पनि चयन हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केद्रीय समितिले शनिबार पदाधिकारी चयन गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बाकी भएको पदाधिकारी चयन गरि जिम्मेवार दिएका हुन् । माओवादी केन्द्रको सचिवमा बागलुङका दिनानाथ शर्मा ,हितमान शाक्य र देवेन्द्र पौडेलले महत्त्वपूर्ण पदमा जिम्मेवारी पाएका हुन् । दिनानाथ शर्मा र देवेन्द्र पौडेल बागलुङ नगरपालिका वडा १२ का हुन् भने हितमान शाक्य बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी हुन् । केन्द्रिय समितिका पदाधिकारीको… पुरा पढौ

२ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

बागलुङमा बिद्यार्थीहरुका लागि आधारभूत पत्रकारिता, समाचार लेखन, उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । बागलुङमा अवस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालय द्वारा आयोजित तालिम शनिबार सम्पन्न भएको हो । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको क्षमता विकास र पत्रकारिताको ज्ञान वृद्धि गर्ने उद्देश्यले शुक्रबार र शनिबार २ दिनसम्म आयोजना गरिएको कार्यक्रमले व्यावहारिक क्षमताको बिकास गरेको तालिममा सहभागी बिद्यार्थी सृष्टि पौडेलले बताउनुभयो ।"बिद्यार्थी सधैं ज्ञानका भोका छौँ, सिक्ने उमेरमा यस्ता महत्त्वपूर्ण सिकाइले हामीलाई थप उर्जाशिल… पुरा पढौ

राधाकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

नेपाली हिन्दु धर्मावलम्बीले श्रीकृष्ण भगवानको मन्दिरमा पुगेर भगवान कृष्णको पुजा अर्चना गरेका छन् । बागलुङ सदरमुकाममा रहेको राधाकृष्ण मन्दिरमा बिहानदेखि नै भगवान् श्रीकृष्णको पुजा गर्ने भक्तजनको घुइँचो लागेको थियोे ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। श्रीकृष्ण जन्माष्टमी पर्व पारेर बागलुङ बजारको राधाकृष्ण मन्दीरको भवनमा करिव १८ लाखको लागतमा कलात्मक राधाकृष्णका आकृतिहरु बनाइएको छ । मन्दीरको गेट तथा आकृतिहरुको बागलुङ नगरपालिकाका नगर प्रमख वसन्त कुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ज्ञानयोग, कर्मयोग र… पुरा पढौ