संरक्षक कृषि सहकारीको ५ आ‌ैं साधारणसभा

-


     हिडन खबर    
     पौष ८ गते २०८० मा प्रकाशित


बागलुङ /संरक्षक कृषि सहकारी संस्था लिमिटेड बागलुङको ५ आ‌ैं साधारणसभा बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

२०७२ सालमा स्थापना भएको सहकारीमा ९६ जना शेयर सदस्य शेयर पुजी ६ लाख १९ हजार रहेको सहकारीमा बचत ६ लाख ५५ हजार ८ सय १४ रूपैयाँ सहकारीमा जगेडा काेष र अन्य काेष ६२ हजार ४ सय १३ रूपैयाँ ८५ पैसा रहेको सहकारी सदस्यहरूलाइ ऋण लगानी १४ लाख २ हजार ४ सय रूपैयाँ रहेको साधारणसभामा जानकारी गराइएको थियो ।

कार्यक्रममा लिडस नेपालका डाइरेक्टर डाक्टर पदम राज श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,सल्लाहकार तेजप्रसाद उपाध्याय सहकारीका सदस्य सरिता परियार जिल्ला सहकारी संघका सदस्य जगन्नाथ सापकोटा लगायतका बक्ताहरूले गरिव अपांग निम्न वर्गका ब्यक्तिहरूकाे आर्थिक अवस्था सुधार गर्ने उदेश्यले स्थापना भएको सहकारी लाई थप मजबुत बनाउन सबै क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको धारणा राखेका थिए । सहकारीले आर्थिक बर्ष ०७९/०८० मा कुल आम्दानी १ लाख ३४ हजार ८ सय ८४ रूपैयाँ कुल खर्च ६८ हजार ९ सय १ खुद नाफा ६५ हजार ९ सय ८३ भइ यश बर्ष शेयर सदस्यलाई ५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सहकारीले कुखुरा पालन ,पशु पालन ,बाख्रा पालन तरकारी खेती बंगर पालन ब्यवसायीक खेतीमा लाग्ने शेयर सदस्यहरूलाइ सहुलियत दरमा ऋण प्रवाह गरेर आइरहेको छ ।

सहकारीका अध्यक्ष तालबहादुर कुवँरकाे अध्यक्षतामा भएको साधारणसभामा सहकारीका उपाध्यक्ष ढाकाराम नेपालीकाे स्वागत र सचिव चन्द्रकला थापाकाे संचालनमा सम्पन्न भएको थियो ।