
बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ।
बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२ गतेसम्म धाैलागिरि बहुमुखी क्याम्पसकाे प्राङ्गणमा हुने साताैं बागलुङ महाेत्सवकाे लागि मन्च बनाउने स्टल बनाउने काम लगभग अन्तिम चरणमा पुगेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले बताए ।
बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुस ११ गते राष्ट्रपति रामचन्द्र पाैडेलले महाेत्वसकाे उद्घाटन गर्ने कार्यक्रम तय भएपछि बागलुङ बजारमा स्वागत गेट बनाउने देखि बजार झिलिमिलि बनाउने काम समेत भइरहेको प्रेस सल्लाहकार आचार्यले बताए ।

















