युनियन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

-


     हिडन खबर    
     पौष ९ गते २०८० मा प्रकाशित


सहकारीका अध्यक्ष अगम कुमार पालिखेकाे अध्यक्षतामा भएको साधारणसभामा सहकारीका मंगल सुवेदीको स्वागत र सहकारीका सहसचिव अस्मिता गाैतमकाे संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ / सुरक्षित लगानी सरल काराेवार आजको बचत भाेलीकाे आधार भन्ने उदेश्य साथ स्थापना भएको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६ आ‌ै
साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा युनियन बहुउद्देश्यीय सहकारीका पुर्व अध्यक्ष मेघनाथ गैरे , पत्रकार राजेशचन्द्र राजभण्डारी बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुवँर लगायतका बक्ताहरूले अहिले सहकारी क्षेत्र एकपछि अर्को
धरासायी बन्दै गइरहेको हुदा सहकारीलाई मजबुत बनाउन
सहकारीले लगानी गरेको ऋण र ब्याज समयमै उठाउन नसकेसम्म सहकारीमा बचत जम्मा गरेका बचत कर्ताले रकम फिर्ता नपाउने हुदा यसतर्फ सबै सजग रहनुपर्ने धारणा राखेका थिए ।

साधारणसभामा सहकारी प्रगति प्रतिवेदन सहसचिव अस्मिता गाैतम आर्थिक प्रतिवेदन काेषाध्यक्ष खगराज शर्माले प्रस्तुत गरेका थिए । १९७ जना शेयर सदस्य रहेको
सहकारीको शेयर पुजी १ करोड २६ लाख ५७ हजार ६ सय रूपैयाँ कर्जा लगानी १ करोड ६८ लाख ६ हजार ७ सय ७० रूपैयाँ यश बर्षकाे कुल आम्दानी २९ लाख ३८ हजार ६ सय ३ रूपैयाँ ९७ पैसा कुल खर्च २१ लाख ४२ हजार १५ रूपैयाँ ४८ पैसा खुद नाफा ७ लाख ५६ हजार ७ सय ५९ रूपैयाँ ६ पैसा गर्न सफल भएको साधारणसभामा प्रस्तुत गरिएको थियो ।

सहकारीका अध्यक्ष अगम कुमार पालिखेकाे अध्यक्षतामा भएको साधारणसभामा सहकारीका मंगल सुवेदीको स्वागत र सहकारीका सहसचिव अस्मिता गाैतमकाे संचालनमा सम्पन्न भएको थियो ।