सामाजिक सेवाकाे क्षेत्रमा मालीका सेवा समाज

-


     हिडन खबर    
     पौष १० गते २०८० मा प्रकाशित


बागलुङ / समाजमा बिशुद्व रूपमा सामाजिक सेवा गर्ने उदेश्यले गठन भएको मालिका सेवा समाज बागलुङले आफ्नो स्थापनाकाे छैठौं बर्ष पार गर्दै गर्दा यसले छाेटाे समयमा धेरै सकारात्मक काम गरेर देखाउन सफल भएको छ ।

२०७९ साल मंसिर २४ गते भएको समाजको पाँचौ साधारणसभा तथा दाेस्राे अधिवेशन बाट जीवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ११ सदस्य क्रियाशील टिम बनेपछि समाजले जेष्ठ नागरिक सम्मान चाैरासी पुजा सम्पन्न गरिसकेका जेष्ठ,अपांग भएका नागरिकलाई सम्मान र सहयोग गरेर उदाहरणीय काम गरेको स्थानीय जेष्ठ नागरिक कृष्णराज शर्माले बताए ।

समाजले नेपाल रेडक्रस साेसाइटी मालीका उपशाखा संग समन्वय गरेर बागलुङ नगरपालिका वडा नम्बर ५ भित्र जाेकाेही बिरामी भइ तत्काल स्वास्थ संस्था सम्म पुर्‍याउनका लागि सहज हाेस भन्ने उदेश्यले ठाउँ ठाउँमा स्टेचर वितरण गरिएको समाजका अध्यक्ष जीवननाथ शर्माले बताए ।

समाजकाे नयाँ कार्यसमिति आएपछि विभिन्न संघसंस्था बिच अन्तरक्रिया कार्यक्रम अहिले आइरहने भुकम्प लगायत आइरहने विपद लाई ब्यवस्थापन गर्न बिपद ब्यवस्थापन तालिम संचालन गरेर आवश्यक जनशक्ति तयार गरेको अध्यक्ष शर्माले बताए ।

समाजले शैक्षिक क्रियाकलाप लाई समेत चलायमान बनाउने बिद्यार्थी लाई अझै बढी क्रियाशील सक्षम बनाउने उदेश्यले बागलुङ नगरपालिका ४ कुडुलेमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरे मालिका सेवा समाजका सचिव खडानन्द सापकोटाले बताए ।

समाजलाई थप सशक्त बनाउन सल्लाहकार मनाेनयन स्वास्थ उपसमिति ,शिक्षा उपसमिति चयन गर्ने देखि लायन्स क्लब कालीगण्डकी संग समन्वय गरेर बिद्यार्थी लाई पाेशाक बितरण गरिएको काेषाध्यक्ष प्रकाश केसीले बताए ।

समाजले स्वास्थ उपचारको लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाइ आर्थिक सहयोग समाजकाे क्यालेन्डर प्रकाशन गरि घर घरमा पुर्‍याउने काम गरेको समाजका उपाध्यक्ष तेजबहादुर कुवँरले बताए ।

समाजलाई थप मजबुत र क्रियाशील बनाउन समाजको आजीवन सदस्य बनाउने कामलाई समेत संगसंगै अगाडि बढाएको हाल कार्यालय संचालन गर्न कार्यालय काेठा बानपा ५ का जनप्रतिनिधि बलराम सापकोटाले निशुल्क प्रदान गरेर सहयोग गरेको समाजका उपाध्यक्ष आनन्द प्रसाद रेग्मीले बताए ।

समाजले पुस १४ गते साधारणसभा गरेर आगामी बर्ष समाजमा थप सेवामूलक कार्यक्रम शैक्षिकस्तर बृद्वि गरेर बिद्यार्थीलाई थप उर्जावान बनाउने कार्यक्रम तय गरेर जाने समाजले जनाएको छ ।