
बागलुङ महोत्सवमा आउने बाचा अनुसार बाग्लुङ समाज काठमाडौंमा कर्मथलाे बनाएर ब्यवसाय गर्दै काठमाडौं मै बसाेबास गर्दै आएका दाजुभाइ दिदीबहिनीहरू बागलुङ महाेत्सव सफल पार्न स्वर्ग भुमी बागलुङ तर्फ प्रस्थान गरेका छन् ।
बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सव सफल बनाउन काठमाडौ देखि यात्रामा निस्केको किस्मत जंङ्ग राजभण्डारीले बताए ।
बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२ गतेसम्म धाैलागिरि बहुमुखी क्याम्पसकाे प्राङ्गणमा हुने साताैं बागलुङ महाेत्सवकाे लागि यसपटक पनि बागलुङ हिडेकाे राजभण्डारीले बताए ।
बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुस ११ गते राष्ट्रपति रामचन्द्र पाैडेलले महाेत्वसकाे उद्घाटन गर्ने कार्यक्रम तय भएपछि बागलुङ बजारमा स्वागत गेट बनाउने देखि बजार झिलिमिलि बनाउने काम समेत भइरहेको छ ।
















