
बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच गर्ने कार्यक्रम रहेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको साताैं बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न
बागलुङ बजार श्रृंगारिएकाे राष्ट्रपतिकाे स्वागतकाे लागि ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको बागलुङ उद्योग बाणिज्य संघकाका प्रेस सल्लाहकार सुवास आचार्यले बताए ।
महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने भएको छ । महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य संघले राखेको छ ।
महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन्।




















