
बागलुङ /राष्ट्रपति रामचन्द्र पाैडेलले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति पाैडेलले बुधबार विहान १०.३० बजे बागलुङ नगरपालिका १ मा अवस्थित धार्मिक शक्तिपिठ कालीका मन्दिरको दर्शन गर्नुका साथै माता भगवतीकाे पुजा गर्ने कार्यक्रम तय भएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
बागलुङ महाेत्सव २०८० काे उद्घाटन समारोहमा प्रमुख अतिथि बनेर आउदै गरेका राष्ट्रपति पाैडेल राष्ट्र प्रमुख भएपछि पहिलोपटक बागलुङ आउने कार्यक्रम अन्तर्गत बिहान १०.३० बजेदेखि ११ बजेसम्म कालीका भगवती मन्दिरमा पुजा अर्चना गरेर फर्किने कार्यक्रम रहेको राष्ट्रपति पाैडेललाइ कालीका गुठी ब्यवस्थापन समितिकाे तर्फबाट स्वागत सम्मान गर्ने कृतज्ञता पत्र प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताए ।
कालीका भगवती मन्दिर दर्शन लगत्तै बागलुङ नगरपालिका ४ कुडुलेमा रहेको रङ्गबैकेटेश्वर मन्दिर शालग्राम संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको छ ।













