
बागलुङ / श्रीविश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर श्रीमुक्तिनाथ बाबाकाे परमाध्यक्षतामा साबिककाे धौलागिरी अञ्चलभित्रका लब्धप्रतिष्ठित आचार्य, स्वामी ,गुरु, सन्तहरु एवं भक्तभागवतहरुको उपस्थितिमा २४ औँ गण्डकी महासभा अन्तर्गत व्रह्मसभा भब्य रुपमा सु सम्पन्न भएको छ ।
म्यादी जिल्ला ब्राह्मण समाज अध्यक्ष लिला गौतम बागलुङ जिल्ला ब्राह्मण समाज अध्यक्ष ङहेन्द्र सुवेदी एवं पर्वत जलाजला गा पा ब्राह्मण समाज अध्यक्ष मेगनाथ पौडेल त्यस्तै म्याग्दी क्याम्पस पूर्व सह प्राध्यापक नारायणदत्त , हिमालय मा बी पाङ्ग पर्वतका पूर्व प्रधानाध्यापक द्रोणराज उपाध्याय एवं म्यादी ,पर्वत ,बाग्लुङ का अन्य बिशिष्ट ब्यक्तिहरूले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
श्रीसर्वसिद्शिधाम पञ्चकोटमा आगामी फाल्नुन ९ बाट २३ सम्म हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका विषयमा अन्तर्कृया एवं छलफल कार्यक्रममा सबैले आ आफ्नो क्षेत्रबाट जुटेर यज्ञ सम्पादनका सन्दर्भमा तन मन वचनले खटिने समेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा मुक्तिनाथ आयुर्वेद अस्पताल निर्माणका लागी बा न पा ६ भान्सा निवासी भरत आचार्यले अस्पताल निर्माण गर्न २ रोपनी जग्गादान गरेकाेमा सम्मान गरिएको थियो !
महायज्ञको कार्यक्रममा रहने कथा पाण्डाल संयोजकको रुपमा धामका संस्थापक पूर्व महासचिव श्रीजगन्नाथ आचार्य एवं उपसंयोजकमा कल्पना राजभण्डारीलाई नियुक्त गरिकाे छ । त्यस्तै सल्लाहकारको रुपमा द्रोणराज उपाध्याय एवं नारायणदत्त सुदेवी द्वयलाई चयन गरि सम्मान गरिएको पञ्चकोट विकास परिषदले जनाएको छ!












