
काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानमा बसाेबास गर्दै आएका नेवार समुदायले
नेपाली धर्म संस्कृति लाई जगेर्ना गर्ने उदेश्यले श्री सिद्धि गणेश रथ जात्रा सम्पन्न गरेको छ ।
यहीँ पुस १० र ११ गते दुई दिन श्री सिद्वि गणेश रथ जात्रा नेवारी पहिरनमा सजिएर रथलाइ चन्द्रागिरि नगरपालिका चेकपोस्ट एरियामा परिक्रमा गराइएको राजेश शाहीले बताए ।
बिशेष गरेर याे मरी पुर्णिामामा गणेशकाे रथलाइ बाहिर राखि भाेलिपल्ट रथ जात्रा परिक्रमा गर्ने परम्परा लाइ युवाहरूले निरन्तरता दिदै आएकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।कला संस्कृति संरक्षण गर्ने बिषयमा नगरपालिकाले सहयोग गर्दै आइरहेको आगामी दिनमा समेत सहयोग गर्दै जाने अध्यक्ष सिग्देलले बताए ।




















