
राजेशचन्द्र राजभण्डारी
बागलुङ ,पुस ११
बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच उद्घाटन गरे ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्दै नेपालकाे ७ वटा प्रदेश मध्य सबै ब्युटीफूल प्रदेश गण्डकी प्रदेश भएको यसले दुईवटा छिमेकी चीन र भारत लाई जाेड्ने सडक मार्ग कालीगण्डकी काेरीडाेर भएको बताए ।
हिजो संविधान बनाउदा पनि संविधानसभामा ठूलो लडाइँ लड्नु परेको बागलुङको ढाेरपाटन लाई बचाउन समेत आफुले भुमिका खेलेको राष्ट्रपति पाैडेलले बताए ।
कालीगण्डकी काेरीडाेर र मध्यपहाडी राजमार्ग बागलुङको मात्र नभएर समग्र गण्डकी प्रदेशको गाैरव भएको यस्तो खालको मेला महाेत्सवले स्थानीय उत्पादन लाई बजारीकरण गर्न महत्त्वपूर्ण भुमीका खेल्ने नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको साताैं बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न प्रमुख अतिथि बनेर बागलुङ आएका राष्ट्रपति पाैडेललाइ
बागलुङ उद्योग बाणिज्य संघले फूल माला दिएर स्वागत गरेका थिए ।
महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिएकाे छ । महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य संघले राखेको छ । महाेत्सव शुरूहुनुपुर्व विभिन्न सांस्कृतिक झाकी सहित नगर परिक्रमा गरिएको थियो ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री मन्त्री तथा सांसद चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पाैडेल ,सांसद देवी भट्टचन ,गण्डकी प्रदेशका बन वातावरण तथा पर्यटन मन्त्र दिपेन्द्र बहादुर थापा ,बागलुङ नगरपालिकाका प्रमुख बसन्त श्रेष्ठ लगायतका बक्ताहरूले
मेला महाेत्सवले स्थानीय उत्पादन लाई बजारीकरण गर्न मद्दत पुग्ने धारणा राखेका थिए ।
बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महाेत्सवमा समाजमा उल्लेखनीय भुमिका खेलेको भन्दै ७ जना ब्यवसायीहरू नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल ,प्रभु बैंकका सिइआे अशाेक शेरचन ,बागलुङ उद्योगले बाणिज्य संघका पुर्व अध्यक्ष शहदेव राजभण्डारी ,ध्रुवराज गाैतम ,बसन्त श्रेष्ठ ,जयराम भारी ,युवराज राजभण्डारी लाई सम्मान गरिएको थियो ।
महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन्।
बागलुङ महाेत्सव मुल आयोजक समितिका संयाेजक नरेश कडेलकाे अध्यक्षतामा भएको कार्यक्रम संचालन बागलुङ उद्योग बाणिज्य संघका महासचिव ऋषिराम गाैतम र प्रेस सल्लाहकार सुवास आचार्यले गरेका थिए ।


















