समाचार

प्रतिक्रान्तिकारीहरुलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताउनुभएको छ । पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नहुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताउनुभयो ।… पुरा पढौ

प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् । “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,” सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे । बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गर्नुभएको छ ।मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ । मन्त्री डा राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको थियो । त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनुहुने छ ।  भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको… पुरा पढौ

जागरण अभियानले जनतामा माओवादीप्रति भरोसा बढाएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताउनुभएको छ। नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गर्नुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण… पुरा पढौ

नयाँ गीत ‘होली सररर’ सार्वजनिक

गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारी रुद्रसेनसँगै स्वरमा छन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले भने, "होली पर्वलाई झन् रमाइलो बनाउन ‘होली सररर’ ल्याएको छु । आशा छ, दर्शकलाई मनपर्नेछ ।" गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा… पुरा पढौ

जनसंख्याका आधारमा महिला प्रतिनिधित्व हुनुपर्छ: अध्यक्ष प्रचण्ड

रौतहट, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा महिलाको  समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनु भएको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष प्रचण्डले आर्थिक समानता र जनंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको हो । "साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ ।" वहाँले उल्लेख गर्नुभएको छ, "राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरुपमा समानता कायम नभएसम्म र उत्पादनका… पुरा पढौ

नेपालको महिला आन्दोलन उपलब्धिको रक्षा गर्दै थप हासिल गर्न लाग्नुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिला अधिकार र समानताको सवालमा नेपालले उल्लेख्य प्रगति गरिरहेको उल्लेख गर्दै संविधानले संघीय संसद् तथा प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो । साथै, ग्रामीण तथा सिमान्तकृत महिलाको क्षमता अभिवृद्धि गर्दै किशोरीहरूको भविष्य सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ… पुरा पढौ

देशकै ध्यान मधेसतिर तानिदैछ: प्रचण्ड

सर्लाही, २३  फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताउनुभएको छ। जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा… पुरा पढौ

जसपा पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

सर्लाही, २३ फागुन । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उहाँ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। उहाँलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो। साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गर्नुभएको थियो। पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र… पुरा पढौ

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

लेखनाथ २२ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि ले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सि ले उपाधी हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सि… पुरा पढौ