प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरू माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डबाट स्वागत

-


     हिडन खबर    
     श्रावण ३० गते २०८२ मा प्रकाशित


काठमाडौं, साउन २९
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा पुस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्ने युवाहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बस्नेत, जनता पेन्टका निर्देशक उज्ज्वल पाण्डे र होमकुमार राना रहेका छन्।

उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा संलग्न युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गरे। साथै, नवप्रवेशी युवाहरूलाई पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय भई उत्पादन र उद्यमशीलतामा लाग्न आग्रहसमेत गरे।