समाचार

🎶 सविन श्रेष्ठको ‘मनका कुरा’ सार्वजनिक

काठमाडौं — गायक सविन श्रेष्ठले नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक गरेका छन्। सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा प्रेममा धोका पाएका व्यक्तिको भावनात्मक कथा समेटिएको छ। गीतमा मायाको खोजीमा थाकेका प्रेमीको एक्लोपन, उदासी र मनको बह पोख्न नपाएको पीडा व्यक्त गरिएको छ। सविनले यसअघि पनि बिछोड र प्रेमको पीडालाई केन्द्रमा राखेर गीतहरू सिर्जना गर्दै आएका छन्। 🎧 प्राविधिक पक्ष गीतको मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलीले गरेका हुन्। भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीले अभिनय गरेका छन्। 🎬 भिडियो निर्माण संकल्प भुजेलले छायांकन… पुरा पढौ

रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी गर्नुस् : अध्यक्ष प्रचण्ड

बुटवल, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। बुटवलको वेलबासमा सम्पन्न लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले नेताकार्यकर्तालाई एक्लै चुनाव लड्न तयार रहन निर्देशन दिनुभयो। उहाँले माओवादीले ल्याएको परिवर्तनको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउन आग्रह गर्नुभयो। प्रचण्डले पार्टीभित्रको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक प्रक्रिया भन्दै माओत्से तुङ, ल्यू साओची र लिन… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल, रुपन्देही — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो। सो अवसरमा “टंकमणि : एक क्रान्तिबीज” शीर्षकको पुस्तक विमोचन पनि सम्पन्न भयो। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले जनयुद्धको समयमा जोखिमपूर्ण… पुरा पढौ

प्रचण्डद्वारा ‘टंकमणिः एक क्रान्तिविजय’ स्मृति ग्रन्थ विमोचन तथा सालिक अनावरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूपन्देहीको बुटवल–११, माझगाउँमा आयोजित एक विशेष समारोहमा कमरेड रामप्रसाद वञ्जाडे ‘टंकमणि’को सालिक अनावरण गर्नुका साथै उहाँको जीवन र योगदान समेटिएको स्मृति ग्रन्थ ‘टंकमणिः एक क्रान्तिविजय’ विमोचन गर्नुभएको छ। शहीद स्मृति प्रतिष्ठान, नेपालद्वारा आयोजित उक्त कार्यक्रमले कमरेड टंकमणिको क्रान्तिकारी योगदान र राजनीतिक जीवनलाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्‍यो। समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय नेता, कार्यकर्ता तथा टंकमणिका परिवारजनको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष प्रचण्डले टंकमणिको साहस,… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुढानीलकण्ठस्थित निवासमा गौरा भित्र्याउनुभयो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार धार्मिक अनुष्ठानसहित गौरा भित्र्याउनुभएको छ। विगत वर्षहरूमा गौरा पूजनका लागि उहाँ धनगढी जाने गर्नुहुन्थ्यो, तर यसपटक धनगढीस्थित निवास पुनर्निर्माणको क्रममा रहेकाले काठमाडौँमै गौरा भित्र्याउनुभएको हो। हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने परम्परा रहेको छ। विभिन्न वनस्पतिबाट निर्मित गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा घर तथा मन्दिरमा धार्मिक विधिअनुसार भित्र्याउने चलन छ। मन्त्री डा. राणाले गौरा पर्व सुदूरपश्चिमेली समुदायको विशिष्ट सांस्कृतिक गौरव भएको बताउँदै, आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत… पुरा पढौ

चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै सो मितिमा चलचित्र रिलिज हुने घोषणा गरेको हो। कैलाश पर्वतमा भगवान शिव र उनका वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो। पोस्टरमा जटाधारी शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेका छन् भने साँढेको निधारमा त्रिशूल देखिन्छ। यसको अर्थ र चलचित्रसँगको सम्बन्धबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी दिएको छैन। पोखरा आसपासका क्षेत्रहरूमा छायांकन गरिएको ‘शिवांश’ अहिले पोस्ट–प्रोडक्सनको चरणमा रहेको… पुरा पढौ

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

काठमाडौं, १३ भदौ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा वैदेशिक लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७–१८ मा धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा मन्त्री राणाले उक्त आग्रह गर्नुभएको हो। बैठकमा नेपालस्थित विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा मन्त्री राणाले सुदूरपश्चिम प्रदेशलाई नेपालकै समृद्धिको प्रवेशद्वारको रूपमा चित्रण गर्दै जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी… पुरा पढौ

शिक्षक महासंघको ध्यानाकर्षण कार्यक्रम सम्पन्न

बागलुङ भदौ १३ बागलुङ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशभरका पालिकाहरूमा आयोजित धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज बागलुङ नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ। महासंघमा आबद्ध तथा सम्बद्ध संगठनका सबै घटकहरू एकजुट भई बागलुङ नगरपालिकाको कार्यालय परिसरमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो। शिक्षकहरूका पेशागत अधिकार, सेवा सुविधा, र शिक्षा क्षेत्रको समग्र सुधारका मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको क्रममा सहभागी शिक्षक प्रतिनिधिहरूले बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक श्री ज्ञानेन्द्र गौतम,… पुरा पढौ

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

काठमाडौं भदौ १३: सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त  गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त भएका हुन्। हालका आईजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हाे । पुरा पढौ

जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश, दर्शकको मन जित्दै

काठमाडौं — सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो प्रदर्शन हप्तामा प्रवेश गरेको छ। आम नेपाली मध्यम वर्गले भोग्ने आर्थिक संघर्ष र पारिवारिक सम्बन्धको कथालाई उठान गरेको यस चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। निर्देशक हिमाल न्यौपानेले चलचित्रले राम्रो "वर्ड अफ माउथ" पाएको बताउँदै दोस्रो हप्तामा अझ राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो। चलचित्र हेरेर भावुक भएर रोइरहेका दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक… पुरा पढौ