समाचार

न्यायालयको मर्यादामाथि आक्रमण: मानव अधिकार एलाइन्स बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाले मानव अधिकार एलाइन्स, वागमती प्रदेशको गम्भीर ध्यानाकर्षण गराएको छ। एलाइन्सले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई न्यायालयको मर्यादा र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्ने कार्यको रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा भनिएको छ कि वरिष्ठ अधिवक्ता त्रिपाठी थुनछेक बहसमा संलग्न भई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो। तर, अदालत परिसरबाट निस्कने क्रममा केही व्यक्तिहरूले उहाँमाथि हातपात, लछारपछार, र कुटपिटजस्ता अमानवीय व्यवहार गरेका छन्। यो घटनाले कानुन व्यवसायीहरूको सम्मान र… पुरा पढौ

पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ प्रदान, अध्यक्षमा शिव सर्वम्मत

दुलेगौंडा, २ माघ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ श्निवार प्रदान गरिएको छ । रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैठाै अधिवेशनसँगै शुनपा– ९ स्थित सुरौदी दोभानमा शनिवार आयोजित कार्यक्रममा नेपाल एफएम नेटवर्क प्रालि काठमाडौंका प्रबन्ध निर्देशक गोविन्द खडका, रेडियोका संस्थापक अध्यक्ष एवम् छनौट समितिका संयोजक, अध्यक्ष ऋषेश्वर भुवाई ऋतु लगायतले उनीहरुलाई सम्मान गरे । साहित्यतर्फ भिम रानाभाट (ज्यालादारी) पत्रकारितातर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई… पुरा पढौ

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

पोखरा, २ माघ  । हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा  हाइकर्स क्लबको भूमिका महत्वपुर्ण  हुने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि… पुरा पढौ

बागलुङका तीन युवाले सञ्चालमा ल्याए ‘कौंसी रेष्टुरेन्ट’

बागलुङ, माघ १ चियाका पारखीहरुका लागि बागलुङमा नयाँ गन्तव्य खुलेको छ । यहाँका युवाहरुले चिया र खानाको लागि एउटै ‘हब’ बनाउन बागलुङ बजारको मुटुमा कौंसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । बागलुङ नगरपालिका—२ धौलागिरि बहुमुखी क्याम्पसको अगाडि गोल्डेनगेट चोकको पुरानो यम्मी किचन हाउस भएको ठाउँमा माघ १ गतेदेखि उक्त रेष्टुरेन्ट सञ्चालनमा आएको हो । सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील युवाहरु मनिष थापा, सुदिप सागर कँडेल र सुमन जिसीले संयुक्त रुपमा कौँसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । उक्त रेष्टुरेन्टको मंगलबार नेपाल सरकारका कृषि… पुरा पढौ

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता

काठमाडौं माघ १काठमाडौं ,हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गर्नुभएको छ । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गर्नुभएको हो । फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणा र कतारका विदेशमन्त्री फोनवार्ताः विपिनको रिहाइको पहलका लागि अपिल

माघ१काठमाडौं ,हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहनुभएको छ । यसै अन्तर्गत मन्त्री डा राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री डा खुलाइफी कतार सरकारका… पुरा पढौ

माघी/माघे सक्रान्तिको अवसरमा अध्यक्ष प्रचण्डकाे सन्देश

काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूकाे चाड माघी र माघे सक्रान्तिकाे अवसरमा सम्पूर्ण नेपालीहरू, विशेषतः थारु तथा मगर समुदायका दिदीबहिनी र दाजुभाइहरूलाई माघी/माघे सक्रान्ति/मकर सक्रान्ति पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्दछु भनेर अध्यक्ष दाहालले भन्नुभएको छ । यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र बसन्त ऋतुको आगमनलाई संकेत गर्ने… पुरा पढौ

आज माघे सक्रान्ति

माघ १ बागलुङ ,माघे सक्रान्ति, नेपाली जनजीवनमा गहिरोसँग गाँसिएको एउटा महत्वपूर्ण चाड हो। यसलाई मकर सक्रान्ति, माघी पनि भनिन्छ। माघ महिनाको पहिलो दिन पर्ने यो पर्वलाई विभिन्न जातजातिका मानिसहरूले आ-आफ्नै तरिकाले मनाउने गर्छन्। नेपाली संस्कृतिमा यस पर्वको विशेष महत्व छ। ज्योतिष शास्त्रका अनुसार, माघे सक्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ। यसैले यसलाई मकर संक्रान्ति पनि भनिन्छ। उत्तरायणको शुरुवात मानिने यो दिनलाई शुभ मानिन्छ। यस दिनदेखि दिन लामो हुँदै जान्छ भन्ने मान्यता छ। माघे सक्रान्तिलाई नेपालका विभिन्न जातजातिका… पुरा पढौ

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई प्रचण्डको आग्रह

सिन्धुपाल्चोक, २९ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गर्नुभएको हो। उहाँले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गर्नुभयो । काठमाडौ-सिन्धुपाल्चोक… पुरा पढौ

दुवै छिमेकीले नेपाललाई प्राथमिकतामै राखेका छन्ः परराष्ट्रमन्त्री

काठमाडौं ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गर्नुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तक्र्रियाहरु भइरहेका जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ र यो सहयोग… पुरा पढौ