समाचार

सहकारी ठगीका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी… पुरा पढौ

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा गोरखापत्र नेतृत्वलाई निर्देशन

काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्र संस्थानको नेतृत्वलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको प्रतिष्ठा अझ बलियो हुनेगरी काम गर्न आग्रह गर्नुभयो। सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म तथा भावना अनुसार… पुरा पढौ

जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता

बागलुङ माघ १ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। बुधबारको कार्यक्रममा कलाकार राजन कार्की र सुनिता सुनारले प्रस्तुति दिएका थिए। साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। बिहीबार मूल समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ। त्यस अवसरमा कलाकार रचना रिमाल, तेजेश रेग्मीको मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ?

काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजदेखि प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसर पारेर यो चलचित्र रिलिज गरिएको हो। चलचित्रको मुख्य विषय बुवा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा हो। नेपाली कलाकारमा उत्साह र लगाव छैन भन्ने धारणा राख्नेहरूलाई ‘मिरमिरे’ले जवाफ दिने विश्वास रहेको र यही कारण आफूले यसमा अभिनय गरेको दयाहाङले बताएका छन्। ‘मिरमिरे’ यम शेर्पाले लेखन तथा निर्देशन गरेको चलचित्र हो। यार्सा फिल्म्सको प्रस्तुति रहेको यसमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ,… पुरा पढौ

नेपाली कांग्रेसको बिशेश महाधिवेशन बाट सभापतिमा गगन थापा सर्वसम्मत रूपमा चयन

काठमाडौं माघ१ "काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति चयन भएका छन्। उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका छन्। महाधिवेशनले महिला, दलित, आदिवासी जनजाती, मधेशी, मुस्लिम, थारु तथा पिछडिएको क्षेत्रका प्रतिनिधिहरूसहित समावेशी कार्यसमिति गठन गरेको छ। प्रदेशगत प्रतिनिधित्वमा कोशीदेखि सुदूरपश्चिमसम्म महिला र खुल्ला पदमा सदस्य चयन भएका छन्। गगन थापाको नेतृत्वमा बनेको यो नयाँ कार्यसमितिले पार्टीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।" पुरा पढौ

मेला–महोत्सवका लागि देश दौडाहामा व्यस्त गायिका रचना रिमाल

बागलुङ, ३० पुष बागलुङ । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला–महोत्सव आयोजना भइरहेका छन्, जसका कारण कलाकारहरूको व्यस्तता बढ्दो छ। तीमध्ये पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन्। पौष ९ गते राष्ट्रिय औद्योगिक प्रदर्शनीबाट सुरु भएको उनको महोत्सव यात्रा हालसम्म दुई दर्जनभन्दा बढी कार्यक्रम पार गरिसकेको छ। त्यसयता उनले धादिङको गल्छी महोत्सव, इलामको सांस्कृतिक कार्यक्रम, तनहुँको दोस्रो भन्सार बजार महोत्सव, कैलालीको अत्तरिया महोत्सव, झापाको दुधे रंगशालामा आयोजित ‘न्यु एयर इभ’ कन्सर्ट, आठौँ पर्वत महोत्सव, बाँकेको कोहलपुर महोत्सव, दाङको… पुरा पढौ

चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा

काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन्। आरआर फिल्म्सका सञ्चालक समेत रहेका उनले चलचित्र ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन्। चलचित्र वितरणमा सक्रिय रहेका उनी किन निर्माता बने? यसको उत्तरमा रोहित भन्छन्— “निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो तेस्रो चलचित्र हो। जब निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो, मलाई कथा मन पर्‍यो। राम्रो कथामा चलचित्र निर्माणको अफर आउँदा सहकार्य नगर्ने भन्ने सोच आएन, त्यसैले लगानी गरेको हुँ।” बाबु–छोरीबीचको कथाले आफूलाई गहिरो रूपमा छोएको रोहित बताउँछन्। “यो हामी… पुरा पढौ

अरुण क्षेत्रीको मुख्य भूमिकामा चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न

४५ दिनमै सकियो ‘हन्टर’को छायांकन काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा शैलीमा निर्माण भइरहेको यो चलचित्रको छायांकन ४५ दिनमै पूरा भएको निर्माण पक्षले जनाएको छ। चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको हो। चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन्। यो उनको पहिलो निर्देशन (डेब्यू) हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको यस चलचित्रको लेखक तथा सम्पादक पनि निर्देशक स्वयं जीवन सिंह नै हुन्। चलचित्रले सुदूरपश्चिमको कथा प्रस्तुत गर्नेछ। निर्देशक सिंहका अनुसार ‘हन्टर’ एक एक्सन–इन्टरटेनर हुनेछ। उनले… पुरा पढौ

बिहुँकाेट विकास मन्च बागलुङकाे अध्यक्षमा बेद प्रसाद कडेल

बागलुङ पुस ३० सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथगठन भएको बिहुँकोट बिकास मञ्चको तेस्रो अधिवेशन बाट अध्यक्षमा सर्वसम्वत रूपमा बेद प्रसाद कँडेल निर्बाचीत हुनु भएको छ । उपाध्यक्षमा गाेविन्द प्रसाद कडेल सचिब मणिभद्र कँडेल ,कोषाध्यक्ष चण्डीप्रसाद कँडेल चयन हुनुभएको छ ।कार्यसमितिकाे सदस्यहरूमा हरिलाल कडेल ,जमुना सापकोटा ,काेपिला पुन ,कल्पना गाैतम कडेल ,कृष्णप्रसाद कडेल,लिलाधर ढुंगाना ,देवनारायण सापकोटा ,भीमबहादुर विक धनकुमारी परियार ,दुर्गादत्त रिजाल भक्त बहादुर पुन ,मनाेहर कडेल र भुमिश्वर कडेल सर्वसम्मत रूपमा चयन भएका छन् । बिहुँकाेट समाजले… पुरा पढौ

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई छलफलमा बोलावट

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा अनुसन्धानका लागि जेनजी अगुवा रवि किरण हमाललाई उपस्थित हुन अनुरोध गरेको छ। आयोगले माननीय सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिमार्फत घटनाको अध्ययन भइरहेको जनाउँदै, २०८२ भदौ ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि पत्राचार गरेको हो। छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा क्षतिपूर्ति, साथै राज्य पक्ष र सरोकारवाला निकायबाट… पुरा पढौ