कलाकार नाच्न–गाउन मात्र सीमित हुँदैनन्। उनीहरू अभिनय, वाद्यवादन, निर्देशन, लेखनजस्ता विविध कलामा समेत दक्ष हुन्छन्। स्टेजमा प्रस्तुति दिँदा दर्शकलाई पनि सँगै गाउन–नाच्न प्रेरित गर्ने, लोकगीतको माध्यमबाट आर्थिक तथा आत्मसन्तुष्टि प्राप्त गर्ने उनीहरूको विशेषता हुन्छ। त्यसैले कलाकारलाई केवल नाच्ने–गाउने व्यक्ति मात्र भन्नु उनीहरूको क्षमताको सानो अंश मात्र हो, किनकि कलाकारको दायरा निकै फराकिलो हुन्छ। कलाकारको अर्को महत्वपूर्ण पक्ष शिक्षा पनि हो। हालै त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीहरूमध्ये स्याङ्जाकी मोडल तथा नृत्यांगना अस्मिता राना मगर पनि दीक्षित भएकी छन्। समाजशास्त्र विषयमा स्नातकोत्तर…
पुरा पढौ