शिक्षा

रसुवाका बाढीपीडितलाई लायन्स क्लबद्वारा राहत हस्तान्तरण

काठमाडौं, भदौ २३ हालैको बाढी–पहिरोका कारण रसुवा तथा भोटेकोशी क्षेत्रका सयौं परिवार विस्थापित भएपछि काठमाडौंमा आश्रय लिएर बसेका बाढीपीडितलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले राहत सामग्री हस्तान्तरण गरेका छन्। भदौ १० गते भाेतेकाेशी लगायत ठाउँबाट आएको बाढी पहिरो बाट आफ्नो आफन्त परिवार गुमाएका ब्यक्तिहरूलाइ गण्डकी एरियाअन्तर्गतका १९ वटा लायन्स क्लबको संयुक्त आयोजनामा मंगलबार तारकेश्वर गुम्बामा मानवीय आश्रय लिएर बसिरहेका पीडित परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेकाे छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल भदौ… पुरा पढौ

लहरेपिपल माध्यमिक विद्यालयका विद्यार्थीबाट बाढीपीडितलाई राहत सहयोग

बागलुङ, भदौ २२ – बागलुङ नगरपालिका–६ स्थित श्री लहरेपिपल माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कल तथा बाल क्लबले रसुवा लगायत बाढीबाट प्रभावित क्षेत्रमा सहयोगस्वरूप संकलित रकम ९ हजार ४ सय १५ रूपैयाँ हस्तान्तरण गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयका विद्यार्थी बाट संकलित राहत रकम आइतबार आयोजित एक कार्यक्रमबीच प्रधानाध्यापक कुलराज शर्मालाई हस्तान्तरण गरिएको हो। विद्यालय परिसरमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले विपद्को घडीमा विद्यार्थीहरूले देखाएको मानवीय भावना प्रशंसनीय रहेको… पुरा पढौ

रसुवाका बाढीपीडितसम्म राहत पुर्‍याउन लायन्सको कठिन यात्रा, राहत सामग्री हस्तान्तरण

काठमाडौं, भदौ २२ । रसुवाको बेत्रावती क्षेत्रमा भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउन लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ जी, नेपालका प्रतिनिधिहरूले कठिन यात्रा तय गर्दै राहत हस्तान्तरण गरेका छन्। जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्सको टोली सेप्टेम्बर ५ को बिहान काठमाडौंबाट रसुवाको बेत्रावतीतर्फ प्रस्थान गरेको थियो। लगातारको वर्षा, हिलाम्मे कच्ची सडक, भौगोलिक विकटता तथा अत्यधिक सवारी चापका कारण राहत बोकेर गएको टोलीले यात्राका क्रममा विभिन्न कठिनाइ सामना गरेको जनाएको छ। टोलीका अनुसार नुवाकोट… पुरा पढौ

काठमाडौंमा आपत्कालीन रक्तदान अभियान, मोटरसाइकल राइडरहरूको उल्लेखनीय सहभागिता

काठमाडौं, भदाै २१ देशका विभिन्न अस्पतालमा रगतको अभाव हुन नदिन लायन्स क्लबहरूले काठमाडौं उपत्यकामा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सोही अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं कोर सिटी ले शनिबार खुसीबुँस्थित समशेर मोटरसाइकल वर्कसपमा आपत्कालीन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लब अफ काठमाडौं कोर सिटीको आयोजना तथा समशेर मोटरसाइकल वर्कसपको सहकार्यमा आयोजित कार्यक्रममा मोटरसाइकल राइडर, युवा तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई जनमैत्री सामुदायिक सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो। क्लबका अध्यक्षले पछिल्लो समय… पुरा पढौ

रसुवा–नुवाकोटका बाढीपीडितलाई लायन्स डिस्ट्रिक्ट ३२५ आरको राहत

काठमाडौं, भदौ २१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका लायन्स तथा लियो क्लबहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रका पीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन्। सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै डिस्ट्रिक्ट ३२५ आरले भदौ १० गते आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे क्षेत्रका प्रत्यक्ष प्रभावित परिवारलाई भदौ २० गते राहत सामग्री हस्तान्तरण गरेको हो। डिस्ट्रिक्ट सचिव पूर्णप्रसाद शर्माका अनुसार डिस्ट्रिक्ट अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लब र सदस्यहरूबाट सङ्कलित… पुरा पढौ

बाढीपीडितको राहतमा लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीको सहयोग

काठमाडौं, भदौ २१ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री ले नुवाकोटको सिमलचौर क्षेत्रका बाढीपीडित परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बाढीबाट प्रभावित परिवारलाई ग्यासचुलो, प्रेसर कुकर, भाँडाकुँडा, सिरक, डसना लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीको प्याकेज हस्तान्तरण गरिएको हो। हालै रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको… पुरा पढौ

विपद् प्रभावितको सहयोगमा म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसन, राहत कोषमा ५० लाख सहयोग

काठमाडौं, भदौ २१ — रसुवा, नुवाकोट लगायत हालैको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। कम्पनीका तर्फबाट उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको हो। त्यसैगरी, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको समन्वयमा नुवाकोटको त्रिशूलीस्थित दुई अस्थायी आश्रयस्थल—भैरूम माध्यमिक विद्यालय र… पुरा पढौ

बाढीपीडितका लागि बागलुङ कालिका भगवती गुठीको ११ लाख सहयोग

काठमाडौं, भदौ १९ रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ। समितिले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। गुठीका अध्यक्ष रामबहादुर खड्का र सचिव निशान खड्काले संयुक्त रूपमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङका प्रतिनिधिसभा सदस्य सुशील खड्काको समेत उपस्थिति रहेको थियो।… पुरा पढौ

लायन्स क्लबद्वारा रसुवा बाढीपीडितलाई राहत वितरण

काठमाडौं, भदौ १८ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले रसुवा लगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको राहत कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ, लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स र लायन्स क्लब अफ निरिका को संयुक्त पहलमा प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो। राहत सामग्रीमा ११५ सेट भाँडाकुँडा (कुकर, कराही, थाल, गिलास र कचौरा), बालबालिकाका लागि १०० सेट लुगा (टिसर्ट, थर्मकोट, टोपी, मोजा र… पुरा पढौ

लायन्स क्लब अफ निसिखोला र समाजसेवी कुँवरद्वारा बाढीपीडितलाई सहयोग

बागलुङ, भदौ १९ देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ निसिखोलाले आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले संस्थागत रूपमा रु. ३३ हजार ३३३ सहयोग गरेको जनाएको छ। त्यसैगरी, लायन्स क्लब अफ निसिखोलाका तृतीय उपाध्यक्ष तथा हिरदेवी कन्स्ट्रक्सनका सञ्चालक युवा समाजसेवी डीबी कुँवरले व्यक्तिगत रूपमा रु. १ लाख ५५ हजार ५५५ सहयोग गरेका छन्। बाढीपीडितको दुःखमा साथ दिने मानवीय भावनाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको क्लबले जनाएको छ। प्राकृतिक विपत्तिका बेला… पुरा पढौ