शिक्षा

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री

काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पार्नुभयो । “गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दक्ष जनशक्ति… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताउनुभयो । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,”… पुरा पढौ

बृद्वाश्रममा रहेका आमाहरूलाइ भाेजन कार्यक्रम

काठमाडौं / ११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा अखिल नेपाल महिला संघको स्थापना दिवसको अवसरमा अखिल नेपाल महिला संघ नगर कमिटीको आयाेजनामा मातातिर्थ बृद्वाश्रममा आश्रय लिएर बसिरहेका आमाहरुलाइ भाेजन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ आमाहरुले भाेगेका संघर्षमय जिवनकाे बारेमा अन्तरक्रिया कार्यक्रम गरि जेष्ठ नागरिक आमाहरूकाेकथा ब्यथा र वेदना सुन्ने सुनाउने कार्य भएको थियो । कार्यक्रममा प्रमुख अथिति अनेम संघ जिल्ला कमिटीका उपाध्यक्ष चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठकाे उपस्थितिमा ,अनेम संघ नगर इन्चार्ज ,जिल्ला कमिटी सदस्य , वडा नं… पुरा पढौ

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, १ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताउनुभएको छ । ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याउनुभएको हो । “यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ,… पुरा पढौ

बागलुङको आदर्श बिद्यामन्दिरमा स्मार्ट टिभी मार्फत प्राविधिकमैत्री शिक्षा

बागलुङ सदरमुकाममा रहेको एक निजी बिद्यालयले बिद्यार्थीलाइ बिद्यालयमा समय अनुसार जिल्लामै पहिलोपटक प्रविधिमैत्री स्मार्ट टिभीबाट पठनपाठनको शुरू गरेकाे छ । पुरस्कार वितरण एवम् अभिभावक अभिमुखीकरण कार्यक्रममा बागलुङ नगरपालिका नगर शिक्षा अधिकारीधनप्रसाद पाेखरेलले प्रविधिम‌ैत्री स्मार्ट टिभीकाे उद्घाटन गर्दैप्रविधिमैत्री प्ले ग्रुपदेखि कक्षा १२ सम्म स्मार्ट टिभीबाट पठनपाठनको शुरू हुन सकारात्मक भएको यसले बिद्यार्थीमा पढ्नकाे लागि राम्रो वातावरण सृजना गर्ने बताउनु भयो ।अव हाम्रो शिक्षा प्रविधिमैत्री मात्र बनाएर नपुग्ने हुदा ब्यवहारिक बनाउन जरुरी भएको पाेखरेलले बताउनुभयो । हामीले बिद्यार्थीलाइ नैतिक शिक्षा दिएर समाजमा… पुरा पढौ

प्रविधिमैत्री बिद्यालय बनेपछि बिद्यार्थी खुशी

बागलुङ /बसाइँसराइ लगायतका कारणले गाउँमा संचालित बिद्यालयमा पढ्ने बिद्यार्थी कम हुदै गइरहेको समयमासमयानुकूल प्रविधिमैत्री शिक्षण शुरूवात गरेपछि बागलुङको एक बिद्यालयमा राम्रो गुणस्तरीय शिक्षा पढ्न पाएपछि बिद्यार्थी आकर्षित हुदै गइरहेका छन् । सामुदायिक बिद्यालयमा राम्रो गुणस्तरीय शिक्षा हुदैन भन्दैबिद्यार्थी अभिभावककाे ध्यान निजी बिद्यालय तर्फ आकर्षित भइरहेको समयमा बागलुङको गलकाेट नगरपालिका काँडेवासमा संचालित शिव माध्यमिक बिद्यालयले केही बर्ष यता प्राविधिकमैत्री बिद्यालय बनाएपछि बिद्यार्थीकाे आकर्षण बढेको छ । शिव माध्यमिक बिद्यालयमा विगतका दिनमा भन्दा यतिबेला राम्रो गुणस्तरीय प्राविधियुक्त तरिकाले पढाइ भइरहेको बिज्ञापन प्रयोगशालामा… पुरा पढौ

जनता माध्यमिक बिद्यालयकाे ६५ आ‌ैं बार्षिकाेत्सव

बागलुङ / बागलुङ जिल्लाकाे जैमिनि नगरपालिका वडा न ४ सर्कुवाकाे जनता माध्यमिक बिद्यालयको ६५औ बार्सिक उत्सब समारोह सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जैमिनि नगरपालिका वडा न ४ का अध्यक्ष ,चक्रबहादुर थापा बिशिस्ट अतिथि धौलागिरि अस्पतालका अध्यक्ष नारायण पौडेल ,पुर्व प्रअ मेघराज ढकाल जनप्रतिनिधि ठगेन्द्र थापा रहनुभएकाे थियाे। कार्यक्रममा जैमिनि नगरपालिका वडा न ४ का अध्यक्ष चक्र बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि अभिभावक बिद्यार्थी शिक्षकले इमानदार भै आआफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयाे ।साथै विद्यार्थीकाे सिकाई उपलब्धि बृद्धिगर्न शिक्षक र… पुरा पढौ

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री

कपिलवस्तु, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम्भुमिका हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ । इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा… पुरा पढौ

बिपद् ब्यवस्थापन सचेतिकरण कार्यक्रम सम्पन्न

बागलुङ / दिपवे फाउन्डेसनको आर्थिक सहयोग,सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ शाखा तथा भिमापोखरा कल्याण समाज बागलुङको ब्यबस्थापनमा काठेखोला गाउँपालिकाका बिद्यालयका बिद्यार्थी एबम शिक्षकहरुका लागि बिपत ब्यबस्थापन सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । जनकल्याण माध्यमिक बिद्यालय भिमापोखरामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता माबि का प्र अ लिलाराम सापकोटाले गर्नुभयको थियो ।भने सन्चालन उक्त बिध्यालयका शिक्षक एबम भिमापोखरा कल्याण समाज बागलुङका सल्लाहकार समितिका सदस्य चन्द्रमणी उपाध्यायले र स्वागत शिक्षक बिक्रम शार्माले गर्नुभयको उक्त कार्यक्रमको प्रमुख अतिथी काठेखोला गापा वार्ड नम्बर… पुरा पढौ

गलकाेट नगरपालिकाले शिक्षा र स्वास्थ्य समय सापेक्ष रुपान्तरण गर्ने

बागलुङ /बागलुङको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानिय तहको क्षेत्राधिकार भित्र रहेर थुप्रै चुनौतिको सामना गर्दै नगरबासी नागरिकलाई सेवा प्रवाहमा प्रतिवद्व रहेको बताउनु भएको छ । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, बागलुङको ५९ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गैरेले शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा नगरपालिका निरन्तर लागि परिरहेको बताउनुभयो । गलकोट नगर क्षेत्रका कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उदेश्यले नगरपालिकाले गम्भिर भएर कार्य सम्पादन गरिरहेको गैरेले बताउनु भयो… पुरा पढौ