कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि बागलुङ नगरपालिकाको छात्रवृत्ति आवेदन खुला

-


     हिड्न खबरदाता     
     असार २१ गते २०८२ मा प्रकाशित


बागलुङ, असार २० – बागलुङ नगरपालिकाले कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ। नगरपालिकाको न्यायिक समितिकाे पहलमा उक्त छात्रवृत्ति कार्यक्रम ल्याइएको हो।

न्यायिक सचेतना अभिवृद्धि तथा कानून विषयको प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएका विद्यार्थीहरूले निशुल्क अध्ययन गर्ने अवसर पाउनेछन्। नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख भएअनुसार, आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन फारम बुझाउनु पर्ने सुचना जारी गरेको छ ।

आवेदनका लागि आवश्यक कागजातहरू नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणित प्रतिलिपि एसईईको ग्रेडसिट र चरित्र प्रमाणपत्रको प्रतिलिपि पासपोर्ट साइजको फोटो आवेदन बुझाउनु पर्ने छ । आवेदन फारम पेश गर्ने अन्तिम मिति: २०८१ असार २७– आवेदन शुल्क: निशुल्क
आवेदन इमेलमार्फत baglungmunewdu@gmail.com वा Judicalcom.bagmun@gmail.com मा पठाउन सकिने ब्यवस्था गरेको छ ।

नगरपालिकाका अनुसार, आवेदन प्राप्त भएलगत्तै आवश्यक प्रक्रिया पूरा गरी छनौट परीक्षा सञ्चालन गरिनेछ। छात्रवृत्ति छनौट परीक्षा श्रावण ९ गते बिहान ११ बजे परीक्षा केन्द्र: बागलुङ नगरपालिका परिसरमा राखिएको छ ।

आवेदन दिने बिद्यार्थी बागलुङ नगरपालिकाका भित्र स्थायी बसाेबास गरेको हुनुपर्ने प्रावधान राखेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले हस्ताक्षरित सूचनामा, यस छात्रवृत्ति कार्यक्रमबाट कानून विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गरिने र यसबाट न्यायिक सचेतना समेत बढ्ने विश्वास व्यक्त गरिएको छ।

बागलुङ जिल्लामा कानून बिषयमा आदर्श बिद्यामन्दिर आवाशीय बिद्यालय बागलुङ नगरपालिका ३ मा अध्ययन हुने गरेको छ । बागलुङ नगरपालिकाले गत बर्ष १० जना बिद्यार्थी लाई कानून बिषयमा