
काठमाडौं, भदौ १। नाग्लिवाङ सेवा समाज काठमाडौंले नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
काठमाडौंमा बसोबास गरिरहेका नाग्लिवाङबासीबीच एकता, सद्भाव र आपसी सहयोग अभिवृद्धि गर्नु रहेको समाजका अध्यक्ष भोज बहादुर केसीले जानकारी दिनुभयो। “यस किसिमको कार्यक्रमले दुःखसुख साटासाट गर्न सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष केसीले बताउनुभयो ।
समाजका अध्यक्ष भोज बहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष रेनु केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिव कृष्ण केसी र शोभा अर्यालले गर्नुभएको थियो।
सो अवसरमा वर्ष २०८२ मा एसईई तथा सोभन्दा माथिल्लो तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरी प्रोत्साहन गरिएको थियो।









