२४ जेठ २०८२, बागलुङसिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा र चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा बागलुङ बजारमा एकदिने विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न भएको छ। तालिमको उद्देश्य विपद् आउनु अघिको पूर्वतयारी, विपद् दौरानको प्रतिकार्य, र विपद् पछिको पुनःस्थापनाको प्रक्रियामा सहभागीहरूलाई सक्रिय, सजग र दक्ष बनाउनु थियो। तालिममा सिवाईसी साकोसको केन्द्रीय तथा सेवाकेन्द्रस्तरमा गठित विपद् व्यवस्थापन उपसमिति र कार्यदलका १३२ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले…
पुरा पढौ