शिक्षा

रस्सा कस्सि बिच त्रिवि प्राध्यापक संघले छान्याे पदाधिकारी

त्रिभुवन बिश्व बिद्यालय प्रध्यापक संघ धाैलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत ७ गते सम्पन्न भएको अधिवेशनले टुंग्याउन नसकेको पदाधिकारी झण्डै एक महिनापछि ठूलो रस्सा कस्सि बिच पदाधिकारी चयन गरेको छ । सभापति भक्तिराम न्यौपाने उप सभापति उदयचन्द्र चपा ईसचिव प्रेम केसी सहसचिव विप्लव शर्मा कोषाध्यक्ष शिवप्रसाद पौडेल र सदस्यहरु कुलप्रसाद अधिकारी, रामचन्द्र शर्मा,डम्बर बिक,दीपेन्द्र जैसी,रामराजा कँडेल र ,ओम शर्मा रहेका छन् ।राष्ट्रिय प्राध्यापक सगठन र प्रगतिशील प्रध्यापक संघ बिच गठबन्धन भएको एक प्राध्यापकले हिडन खबर लाई बताए । च‌ैत ७ गते… पुरा पढौ

बागलुङमा टाइफाइड बिरूद्व खाेप अभियान

राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउने स्वास्थ्य कार्यालय बागलुङले कार्यक्रम बनाएको छ । स्वास्थ्य कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात सम्बन्धि पत्रकार अभिमुखीकरण कार्यक्रम गरेर जानकारी गराएको हो । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकाेट नगरपालिका, ताराखाेला गाउँपालिका, काठेखाेला गाउँपालिका, बरेङ गाउँपालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुराैले बताउनुभयो ।… पुरा पढौ

बागलुङमा उपभोक्ता सचेतना कार्यक्रम

प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयउद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पाेखराकाे आयोजनामा उपभोक्ता सचेतना कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कडेलले बजार अनुगमनमा कार्वाही भन्दा पनि सचेत गराउन जरुरी रहेको बताए । उपभोक्ता र उपभोक्ता लाई सेवा दिने लाई पनि सचेत बनाउन जरुरी रहेको मन्त्री कडेलले बताए । उपभोक्ता हक हित संरक्षण सम्बन्धि कानुन ब्यबस्था र हाम्रो अभ्यास बिषयमा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षणनिर्देशनालय गण्डकी… पुरा पढौ

सेञ्चुरी बैंक काठेखोला शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान

सेञ्चुरी कमर्सियल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्तर्गत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले काठेखोला गाउँपालिकास्थित भिमसेन माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको थियो । यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्तर्गत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको बैंकका काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठले विश्वलाई बताए । कार्यक्रममा बैंकको महत्व, वचत,लगानी, खाता सञ्चालन, वित्तिय व्यवस्थापन, ऋण र डिजिटल बैंकिङको विषयमा सेन्चुरी बैंक काठेखोला शाखाका प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ… पुरा पढौ

गलकोटमा २ दिने विज्ञान पत्रकारिता तालिम सुरु

बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै… पुरा पढौ

दुई बालक दुई दिन देखि बेपत्ता

बागलुङको काठेखोला गाउँपालिका-७ रेशका दुई बालक दुई दिन देखि बेपत्ता भएका छन । चैत्र ६ गते आइतबार बिहान १० बजे देखि गाउँपालिका -७ रेश साविक रेश गाविस वडा नम्बर-७, नुन्थलाका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका उनका साथि लोर्के थापाका १६ वर्षीय छोरा आशीस थापा वेपत्ता भएका हुन । बेपत्ता भएका दुई बालक रेश नुन्थला माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका थापाका बुवा राम बहादुर थापाले जानकारी दिनुभयो ।आइतबार बिहान घरबाट बिद्यालय हिडेका बालक… पुरा पढौ

कानुन बिषयमा महिला: आकर्षण सँगै उत्कृष्ट नतिजा

पर्वत जिल्ला फलेबास नगरपालिका वडा नम्बर ७ घर भइ बागलुङ सदरमुकाममा रहेको अमृत आदर्श माध्यमिक बिद्यालयमा नर्सरी देखि अध्ययन गर्दै कक्षा ११ र १२ मा कानुन बिषयमा उत्कृष्ट अंक ल्याउन सफल भएकि सुवेक्षा पन्त यतिबेला उच्च शिक्षामा कानुन बिषय अध्ययन गर्न त्रिभुवन बिश्व बिद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा नाम निकाल्न सफल भएका छन् । कानुन बिषयमा नेपाल कै चर्चित कलेज नेपाल ल क्याम्पसमा भर्ना हुनका लागि २२ सय बिद्यार्थी संगै प्रवेश परिक्षा दिएकोमा १२ नम्बरमा नाम निकाल्न सफल भएकी छन्… पुरा पढौ

बागलुङमा ३ दिने विज्ञान मेला

बागलुङमा विज्ञान मेला हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान महाशाखा(नास्ट) को आयोजनामा बागलुङ जिल्ला ३ दिने विज्ञान मेला हुने भएको हो । बागलुङ जिल्लाको सबैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयमा चैत्र ७ गते अर्थात भोलि देखि ९ गतेसम्म बिद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरिएको महाशाखा प्रमुख लुना वज्रले बताउनुभयो । मेलामा बाग्लुङ, पर्वत र म्याग्दीका विभिन्न विद्यालयबाट विद्यार्थी र शिक्षक गरी ७० जनाको सहभागिता हुने महाशाखा प्रमुख बज्रले आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभएको हो ।… पुरा पढौ

बैशाख १ देखि एकैसाथ ५ ठाउँमा महायज्ञ

नयाँ वर्ष २०७९ को पावनअवसरमा एकै मितिमा पाँच ठाउँमा महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ आयोजक समितिले आइतबार बागलुङ आयोजना गरेको पत्रकार सम्मेलनमा हिन्दु धर्म र धार्मिक शक्तिपिठहरुको विकास एवं प्रबर्धनका गर्ने उदेश्यले एकै मितिमा धौलागिरी क्षेत्रमा महायज्ञ गर्न लागिएको महायज्ञ आयोजक समितिका सदस्य जगन्नाथ आचार्यले बताउनुभयो । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म धौलागिरी क्षेत्रका तीन जिल्लाका विभिन्न ठाउँहरुमा पञ्चश्री महायज्ञ आयोजना गरिने भएको हो । बागलुङ, पर्वत र म्याग्दी जिल्लाका विभिन्न ५ ठाउँमा अवस्थित धार्मिक क्षेत्रहरुमा एकै… पुरा पढौ

मालिका पुर्ब बिद्यार्थी मञ्चको अधिवेशन सम्पन्न: अध्यक्षमा जिवननाथ शर्मा

मालिका पुर्ब बिद्यार्थी मञ्च बागलुङको प्रथम साधारण तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जिवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा प्रमिला शर्मा आचार्य, महा-सचिव आनन्द प्रसाद रेग्मी, सचिब गुरु प्रसाद शर्मा, कोषाध्यक्ष बलराम सापकोटा सदस्यमा जमुना पाण्डे, सृष्टि आचार्य, महेन्द्र खड्का र गोबिन्द कुवँर चयन हुनुभयको छ । अधिवेशनमा बोल्दै गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटाले पुर्ब विद्यार्थी मञ्चका गतिबिधी अत्यन्त प्रेरणादायी रहेको चर्चा गर्दै शभ्य समाज निर्माणका लागि सबैले… पुरा पढौ