बागलुङमा उपभोक्ता सचेतना कार्यक्रम

-


     हिडन खबर    
     चैत्र २० गते २०७८ मा प्रकाशित


प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पाेखराकाे आयोजनामा उपभोक्ता सचेतना कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।

पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कडेलले बजार अनुगमनमा कार्वाही भन्दा पनि सचेत गराउन जरुरी रहेको बताए । उपभोक्ता र उपभोक्ता लाई सेवा दिने लाई पनि सचेत बनाउन जरुरी रहेको मन्त्री कडेलले बताए ।

उपभोक्ता हक हित संरक्षण सम्बन्धि कानुन ब्यबस्था र हाम्रो अभ्यास बिषयमा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण
निर्देशनालय गण्डकी प्रदेश पाेखराका निर्देशक नारायण आचार्यले धारणा राखेका थिए ।

उपभोक्ता अधिकार सम्बन्धि समस्या र चुनाैतीहरू बिषयमा राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले
बागलुङमा उपभोक्ताकाे हित विपरीत कानुन विपरीत काम गर्ने
१७ जना ब्यापारी जरिवानामा परेको बताए ।

हाेटल ब्यबसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चाेखालले काेराेनाका कारण बागलुङमा ३०प्रतिशत हाेटल ब्यबसायी बिस्तापित भएर यो पेशा बाट बाहिर गएको बताए ।
हाेटल ब्यबसायी इमानदार भएर उपभोक्ताकाे हितमा ब्यवसाय गर्न अध्यक्ष चाेखालले सुझाव दिएका थिए ।बागलुङ सदरमुकाममा बितरण हुदै आएको खानेपानी गुणस्तरीय नभएको उपभोक्ताकाे स्वास्थ्यमा असर पार्ने दिए पनि त्यसलाई कुनै कार्वाही नभएको अध्यक्ष चाेखालले बताए ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले हाेटल ब्यवसायीले राम्रो सेवा नदिएको कारणले बागलुङ बाट ३० प्रतिशत ब्यवसायी बिस्तापित भएको बताए । ब्यापार ब्यबसायकाे नाममा गलत काम गर्ने ब्यबसायी लाई कानुनी कार्वाही हुने धारणा राखेका थिए ।

नागरिक समाज बागलुङका अध्यक्ष काजी गाउँले श्रेष्ठले
हाेटल ब्यबसायी इमानदार हुनुपर्ने धारणा बताए ।हाेटल ब्यवसायीहरूले क्वालिटीमा सम्झौता गर्न नहुने श्रेष्ठले बताए ।

कार्यक्रमकाे अध्यक्षता उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्य , स्वागत मन्तब्य प्रदीपकुमार रेग्मी र घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख गाेमा रिजालकाे संचालनमा सम्पन्न भएको थियो ।