मालिका पुर्ब बिद्यार्थी मञ्चको अधिवेशन सम्पन्न: अध्यक्षमा जिवननाथ शर्मा

-


     हिडन खबर    
     चैत्र ५ गते २०७८ मा प्रकाशित


मालिका पुर्ब बिद्यार्थी मञ्च बागलुङको प्रथम साधारण तथा अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले जिवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रमिला शर्मा आचार्य, महा-सचिव आनन्द प्रसाद रेग्मी, सचिब गुरु प्रसाद शर्मा, कोषाध्यक्ष बलराम सापकोटा सदस्यमा जमुना पाण्डे, सृष्टि आचार्य, महेन्द्र खड्का र गोबिन्द कुवँर चयन हुनुभयको छ ।

अधिवेशनमा बोल्दै गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटाले पुर्ब विद्यार्थी मञ्चका गतिबिधी अत्यन्त प्रेरणादायी रहेको चर्चा गर्दै शभ्य समाज निर्माणका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्ने कुरामा जोड दिदै हरेक क्षेत्रमा कुशल नेतृत्व आबस्यक रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती बाग्लुङका सदस्य डिल्ली प्रसाद आचार्य, निजामती कर्मचारी संगठन गण्डकी प्रदेस इन्चार्ज घनश्याम सापकोटा, बानपा कार्यपालिका सदस्य कालिका सापकोटा, नेकपा एमाले बानपा ५ का अध्यक्ष गोबिन्द प्रसाद सापकोटा, गैसस महासघ बागलुङ अध्यक्ष मुक्तिराम सापकोटा, सल्लाहकार हरि प्रसाद शर्मा, चन्द्र प्रसाद सापकोटा, मालिका माध्यमिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण सापकोटा, नेपाल रेडक्रस सोसाइटी मालिका उपसाखा सभापति रेशम सापकोटा लगायतले मन्तब्य राख्नु भयको थियो।

जीवननाथ शर्मा रेग्मिको अध्यक्षतामा सम्पन्न अधिबेशनमा महासचिव आनन्द प्रसाद रेग्मिको प्रगती प्रतिबेदन र कोषाध्यक्ष बलराम सापकोटाको आर्थिक प्रतिबेदन पारित गरियको थियो ।

सो कार्यक्रमा गण्डकी गोल्डेन बृजका नामाकरण कर्ता घनश्याम सापकोटा लगायत सात जनालाइ सम्मान गर्नुका साथै ६४ जना आजिबन सदस्यलाइ प्रमाणपत्र बितरण गरियको थियो । सो कार्यक्रम उपाध्यक्ष प्रमिला आचार्यको स्वागत र महासचिव आनन्द प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।