बागलुङमा टाइफाइड बिरूद्व खाेप अभियान

- चैत २५ देखि बैशाख ५ सम्म

-


     हिडन खबर    
     चैत्र २२ गते २०७८ मा प्रकाशित


राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउने स्वास्थ्य कार्यालय बागलुङले कार्यक्रम बनाएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात सम्बन्धि पत्रकार अभिमुखीकरण कार्यक्रम गरेर जानकारी गराएको हो ।

१५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकाेट नगरपालिका, ताराखाेला गाउँपालिका, काठेखाेला गाउँपालिका, बरेङ गाउँपालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुराैले बताउनुभयो । बैशाख २ गतेदेखि ७ गतेसम्म ढाेरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखाेला गाउँपालिका र निसीखाेला गाउँपालिकामा खाेप कार्यक्रम सञ्चालन गरिने गुराैको भनाइ रहेको छ ।

खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले १२५ जना भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ । १५ महिनादेखि १५ वर्षभित्रका करिब ७१ हजार ३ सय ६५ बालबालिकाहरूलाई टाइफाइड विरुद्धकाे खाेप लगाउने लक्ष्य लिइएकाे खाेप अभियानका प्रमुख सुरज गुराैले जानकारी दिए।
खाेप अभियान अन्तर्गत बागलुङमा ३ सय २० खाेप केन्द्र कायम गरिएकाे छ । स्वास्थ्यकर्मी ३७० जना र स्वंयसेवक १२८० जना परिचालन गरिने भएको छ ।खाेप अभियान सफल बनाउन ५१६ बिद्यालयका शिक्षक समेतले स्वयंसेवककाे रूपमा भुमिका निभाउने छन् ।