बागलुङमा ३ दिने विज्ञान मेला

-


     हिडन खबर    
     चैत्र ६ गते २०७८ मा प्रकाशित


बागलुङमा विज्ञान मेला हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान महाशाखा(नास्ट) को आयोजनामा बागलुङ जिल्ला ३ दिने विज्ञान मेला हुने भएको हो ।

बागलुङ जिल्लाको सबैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयमा चैत्र ७ गते अर्थात भोलि देखि ९ गतेसम्म बिद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरिएको महाशाखा प्रमुख लुना वज्रले बताउनुभयो ।

मेलामा बाग्लुङ, पर्वत र म्याग्दीका विभिन्न विद्यालयबाट विद्यार्थी र शिक्षक गरी ७० जनाको सहभागिता हुने महाशाखा प्रमुख बज्रले आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभएको हो ।

नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा खोज अनुसन्धान र बिकासको क्षेत्रमा काम गर्ने नास्टले जिल्ला जिल्लामा पुगेर विज्ञान र प्रविधिका क्षेत्रमा भएका नयाँ आविस्कारकाे बारेमा जानकारी एवं पर्वर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने नास्टले जनाएको छ ।