
बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ ।

गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो ।
२ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो ।

मन्त्रालयले नेपालका सबै प्रदेशमा परीक्षा बोर्डको स्थापना गरि प्रदेश स्तरिय परीक्षा सञ्चालन सुरु गरिने योजना रहेको
शिक्षा मन्त्रालय अन्तर्गतको विपि कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरि र विज्ञान संग्राहलय विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
संग्रहालयका निर्देशक डाक्टर सनत कुमार शर्माको अध्यक्ष्यतामा सुरु भएको तालिम शिक्षामन्त्रीको प्रमुख आतिथ्यता र गलकोट माविका शिक्षक राम बहादुर खत्रिको सञ्चालनमा उद्घाटन भएको थियो ।









