
बागलुङको काठेखोला गाउँपालिका-७ रेशका दुई बालक दुई दिन देखि बेपत्ता भएका छन ।
चैत्र ६ गते आइतबार बिहान १० बजे देखि गाउँपालिका -७ रेश साविक रेश गाविस वडा नम्बर-७, नुन्थलाका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका उनका साथि लोर्के थापाका १६ वर्षीय छोरा आशीस थापा वेपत्ता भएका हुन ।
बेपत्ता भएका दुई बालक रेश नुन्थला माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका थापाका बुवा राम बहादुर थापाले जानकारी दिनुभयो ।
आइतबार बिहान घरबाट बिद्यालय हिडेका बालक बिद्यालय नपुगी गाउँको पसलमा झोला राखेर बेपत्ता भएको बिद्यालयका प्रधानाध्यापक ओम बहादुर थापाले हिडन खबरलाई बताउनुभयो ।
गहुँगोरो वर्णका बालकहरुलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकको मोबाइल नम्बरहरु ९८१३५३४२४२,९८४६८८५८८०,९८६२१३२३०९ मा सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन्
परिवारले बालकहरुलाई खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिन बागलुङ बजार आउदै गरेको बालकका बुबाले हिडन खबरलाई जानकारी दिनुभयो ।









