कानुन बिषयमा महिला: आकर्षण सँगै उत्कृष्ट नतिजा

- बिद्यालयका छात्रा सुवेक्षा पन्त: गण्डकी बिश्वबिद्यालयमा २०० जनामा १ नम्बरमा र नेपाल ल क्याम्पस २२ सय जनामा १२ नम्बरमा निकाल्न सफल

-


     हिडन खबर    
     चैत्र ७ गते २०७८ मा प्रकाशित


पर्वत जिल्ला फलेबास नगरपालिका वडा नम्बर ७ घर भइ बागलुङ सदरमुकाममा रहेको अमृत आदर्श माध्यमिक बिद्यालयमा नर्सरी देखि अध्ययन गर्दै कक्षा ११ र १२ मा कानुन बिषयमा उत्कृष्ट अंक ल्याउन सफल भएकि सुवेक्षा पन्त यतिबेला उच्च शिक्षामा कानुन बिषय अध्ययन गर्न त्रिभुवन बिश्व बिद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा नाम निकाल्न सफल भएका छन् ।

कानुन बिषयमा नेपाल कै चर्चित कलेज नेपाल ल क्याम्पसमा भर्ना हुनका लागि २२ सय बिद्यार्थी संगै प्रवेश परिक्षा दिएकोमा १२ नम्बरमा नाम निकाल्न सफल भएकी छन् ।

नेपाल ल क्याम्पसमा कानुन संकाय स्नातक तह प्रथम बर्षमा १०५ जना बिद्यार्थीले मात्रै भर्ना हुन पाउने ब्यबस्था छ । यस्तै सुबेक्षा पन्तले गण्डकी बिश्व बिद्यालय ल कलेजमा २०० जनाको प्रवेश परिक्षा दिएर १ नम्बरमा नाम निकाल्न सफल भएकी छन् । गण्डकी प्रदेशको पोखरा बिश्वबिद्धालयमा १ नम्बरमा नाम निकाल्न सफल भएपनि आफूले भने नेपाल ल क्याम्पस काठमाडौं मै अध्ययन गर्ने आफ्नो योजना रहेको बताइन् ।

सानैदेखि पढाइमा राम्रो रूचि राख्ने सुवेक्षाले एसईई परिक्षा ए ग्रेडमा पास गरेपछि कानुन बिषय रोज्न पुगेकी थिइन् । कानुन क्षेत्रमा महिलाको सहभागीता कम भएको यो क्षेत्रमा ठूलो संभावना भएको कारणले पनि कानुन बिषय नै रोजेको छात्रा पन्तको भनाइ रहेको छ ।

कानुन कै अध्ययन बाट अगाडि बढ्दै भबिस्यमा न्यायाधीश बन्ने आफ्नो लक्ष्य रहेको उनले हिडन खबरलाइ बताइन ।

२०७६ सालमा आदर्श विद्यामन्दिर र अमृत आदर्श माद्यामिक बिद्यालय समायोजन भई हाल आदर्श बिद्यामन्दिरमा कक्षा ११,१२ मा कानुन बिषय अध्ययन भइरहेको छ । धौलागिरी क्षेत्रमै कानुन संकायको अध्ययन हुने बिद्यालयमा पुरूषहरुको भन्दा बढी महिला आकर्षण बढिरहेको बिद्यालयले जनाएको छ । सुवेक्षा पन्त एकदमै लगनशील र मेहनति बिद्यार्थी भएको बिद्यालयमा कानुन बिसयमा अध्यापन समेत गराउँदै आउनुभएका अधिवक्ता हरि गौतमले बताउनुभयो ।

बिद्यालयमा राखिएका बिषयहरू मध्य कानुन बिषयमा पढ्ने चाप बढेको र पढ्ने मध्य पनि माध्यमिक तहको ११ र १२ कक्षामा उत्कृष्ट अंक ल्याउन सफल सुवेक्षा पन्तले नेपाल ल क्याम्पस र गण्डकी ल कलेजमा नाम निकाल्न सफल हुनु बिद्यालयको लागि गौरवको बिषय भएको बिद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले बताउनुभयो ।

देश संघीयतामा गएपछि ७ सय ५३ स्थानीय तह बनेपछि कानुन बिषय अध्ययन गरेका जनशक्ति आवश्यक परेको कारणले पनि यतिबेला यो बिषयमा धेरैको रूचि बढेको देखिन्छ । विशेष गरि नेपालको कानुन क्षेत्रमा महिलाको नगन्य सहभागी रहेकाले पनि छिटो जागिर पाउने भएकाले पनि यो संकायमा महिलाको आकर्षक बढी देखिन्छ ।