
त्रिभुवन बिश्व बिद्यालय प्रध्यापक संघ धाैलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत ७ गते सम्पन्न भएको अधिवेशनले टुंग्याउन नसकेको पदाधिकारी झण्डै एक महिनापछि ठूलो रस्सा कस्सि बिच पदाधिकारी चयन गरेको छ ।
सभापति भक्तिराम न्यौपाने उप सभापति उदयचन्द्र चपा ईसचिव प्रेम केसी सहसचिव विप्लव शर्मा कोषाध्यक्ष शिवप्रसाद पौडेल र सदस्यहरु कुलप्रसाद अधिकारी, रामचन्द्र शर्मा,डम्बर बिक,दीपेन्द्र जैसी,रामराजा कँडेल र ,ओम शर्मा रहेका छन् ।
राष्ट्रिय प्राध्यापक सगठन र प्रगतिशील प्रध्यापक संघ बिच गठबन्धन भएको एक प्राध्यापकले हिडन खबर लाई बताए ।

चैत ७ गते निर्वाचन सम्पन्न भएर ११ जना सदस्यमा चयन भएपनि पद बाडफाडमा राजनीति भागबन्डा मिल्न नसक्दा राजधानीमा केन्द्रीय तहका प्रमुख नेताको टेबुल सम्म पुगेपनि त्यसलाई टुंगोमा पुर्याउन नसकेपछि बागलुङमा दर्जनौं पटक बैठक बसेकाे थियो ।धेरै पटकपटकको प्रयास असफल भएपछि ११ सदस्यीय मध्य ७ जनाको बैठकले पदाधिकारी टुंगो लगाएकाे एक स्राेतले हिडन खबर लाई जानकारी दिएकाे छ ।
यसपटक भएको निर्वाचनमा राजमाे प्रगतिशील प्राध्यापक समर्थित अध्यक्ष पद हातपर्न सफल भएको छ भने माआेवादी समर्थित राष्ट्रिय प्राध्यापक संघले सचिव र एमाले समर्थित प्राध्यापक संघले उप सभापति ,सहसचिव र काेषाध्यक्ष सदस्य र नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक प्रध्यापक संघले ४ एकीकृत समाजवादी समर्थित प्रध्यापक संघले १ जना सदस्य हात पार्न सफल भएका छन् ।
,












