शिक्षा

मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्चद्वारा बालश्रम प्रा बि मा शैक्षिक सामाग्री बितरण

बागलुङ / मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्च को आयोजनामा बा न पा ५ मा अबस्थित बालश्रम प्रा बि मा अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरियो। हस्तान्तरण कार्यक्रममा सेवा समाजका सल्लाहकार टेक बहादुर के सि (बद्री )ले सेवा समाज र विद्यार्थी मञ्च का कार्य सबैका निम्ति उदाहरणिय रहेको हुदा सबैले अनुसरण गरेर सेवा भाब प्रदान गर्न आग्रह गर्दै दुबै सस्थाले निरन्तर रुपमा गरेका कार्यले समाजमा महत्वपूर्ण योगदान दियको चर्चा गर्दै सबैलाइ सहयोग गर्न आग्रह गर्नु भयो। विद्यार्थी… पुरा पढौ

बिधालयमा खानेपानी ल्याउन अभिभावकको जनश्रमदान

बागलुङ / पछिल्लो समय नेपाली समाजमा अर्म, पर्म, चौतारी पोखारी पाटी पौवा बनाउने समुहमा काम गर्ने तथा कसैको काममा सबैले सहयोग गर्ने चलन बिस्तारै लोप हुँदै गइरहेको समयमा बिद्यालयमा खानेपानी ल्याउन जनश्रमदानमा अभिभावक जुटेका छन् । बागलुङ नगरपालिका ५ स्थिति श्री कृष्ण आधारभूत बिधालयका अभिभावकहरू नगरपालिकाले दिएको बजेटले खानेपानी योजना सम्पन्न गर्न नसकिएपछी आफै श्रमदानमा जुटेका हुन् । सेवाक्षेत्र भित्रका ४२ घरपरिवारले बिहान बेलुका नभनी बिबिधालयमा खानेपानी ल्याउन अभिभावकहरू बिधालयमा पानि ल्याउन लागि परेको बिधालयका शिक्षक घनश्याम रिजालले बताए ।… पुरा पढौ

सेनाको अगुवाइमा पर्वतमा प्रदेश स्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सम्पन्न

नेपाली सेनाको नं।२३ वाहिनी अड्डा बागलुङको आयोजनामा पर्वतको मोदी गाउँपालीका २ वेतनीमा प्रदेश स्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङ श्रीमेहर गण सहितका विभिन्न गणले पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका हुन। नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न १० प्रकारका अभ्यास गराएको हो ।पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा आयोजित कार्यक्रममा सेनाले बाढी पहिरो, आगलागी, विद्युत सर्ट, नदी तालमा… पुरा पढौ

किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण

बागलुङ / सामाजिक विकास कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर स्थित तेक्वान्दो संघको हलमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदी, प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख कृष्णहरि आचार्य, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवाल, शितोरियो कराते प्रशिक्षक द्वय कृष्ण प्रसाद कंडेल र महेन्द्र खड्का लगायत प्रहरी कर्मचारीहरुको उपस्थितीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम दिइएको… पुरा पढौ

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री

असार २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक बिपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकालेे तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, "राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन।… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

कास्की / पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन गर्ने बारे अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण ब्यवहारिक रूपमा गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट… पुरा पढौ

२१आ‌ैं राष्ट्रिय धान दिवसमा प्रधानमन्त्री चितवन

असार १५ रत्ननगर, चितवन/२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा धान रोप्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" । तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय पुरा पढौ

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

भरतपुर, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिनुभयो । सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ । पुरा पढौ

बागलुङमा आकस्मिक स्वास्थ जनचेतना

बागलुङ / बागलुङमा आकस्मिक स्वास्थ सम्बन्ध जनचेतनामूलक कार्यक्रम बागलुङ सदरमुकामकाे धाैलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सम्पन्न भएको । नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विपद ब्यवस्थापन गुल्मकाे प्राविधिक सहयोग ,धाैलागिरि बहुमुखी क्याम्पस रगण्डकी प्रदेश स्वास्थ्य कार्यालयकाे समन्वयमा भएको कार्यक्रममा अहिले बर्षाकाे माैसममा गाउँ घरमा आउने खानेपानी कसरी दुसीत हुन्छ त्यसलाई कसरी शुद्व पिउने बनाउने भन्ने जानकारी गराउने काम भएको थियो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले अहिले रेडक्रस लगायतका सराेकारवाला संस्थाले सार्वजनिक रूपमा सबैलाई जानकारी… पुरा पढौ

बागलुङमा पेल्भिक अङ्ग प्राेल्याप्स सम्बन्धि अभिमुखिकरण

बागलुङ / स्वास्थ्य कार्यलय बागलुङको आयोजनामा बागलुङमा एकदिने पेल्भिक अङ्ग प्रोल्याप्स (POP) सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । बागलुङमा सम्पन्न भएकाे पहिलो ब्याचमा   बरेङ,निसि,तमान, ताराखोला, बडिगाड र ढोरपाटन  नगरपालिका अन्तरगतका प्रसुति इकाइका ३२ जना नर्सिङ स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो । कार्यक्रममा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. बिजय ओझा, अननि. पार्वति अर्याल, पब्लिक हेल्थ नर्सिङ निररिक्षक  सीमा कुवरले सहजिकरण गर्नु भएको थियो । स्वास्थ्य कार्यलय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटा तथा कार्यलय प्रमुख, जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले कार्यक्रमका बारेमा जानकारी… पुरा पढौ